सिन्धुली – नेपाल प्रहरीले मंगलबार विशेष समारोहको आयोजना गरी देशभर ६८ औं प्रहरी दिवस मनाउँदैछ । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा नेपाल प्रहरिले हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।
दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा विशेष समारोह कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको प्रमुख आतिथ्यता तथा कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
दिवसको अवसरमा आयोजित विभिन्न खेल प्रतियोगिता ब्याडमिन्टन, टेबलटेनिस, हाडिफोर, म्युजिकल चियर लगायतको खेलमा प्रथम हुने प्रतियोगीलाई पुरस्कार, शिल्ड र प्रमाण-पत्र प्रदान गरिएको छ । साथै दिवसको अबसरमा आयोजित निबन्ध प्रतियोगितामा प्रथम हुने सुर्योदय अङ्ग्रेजी आवासिय बिधालय र द्वितीय र तृतीय हुने सिद्धस्थली अङ्ग्रेजी बिधालयका प्रतियोगीलाई समेत पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रहरी दिवसको अबसरमा आयोजित समारोहमा अमर प्रहरिका परिवारलाई दोसल्ला ओढाएर र प्रहरी संगठनलाइ नजिकबाट सहयोग गर्ने संघ/संस्था तथा ब्यक्तीलाई समेत सम्मान गरिएको प्रहरी प्रमुख राजकुमार सिलवालले बताउनुभयो ।
प्रहरी प्रमुख सिलवालले नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले चलाएको महत्वपुर्ण अभियान ब्लडबैक स्थापनाको लागी एक करोड सहयोग संकलनको लागी तल्लो दर्जाका प्रहरीबाट सहयोग स्वरुप संकलन भएको ६१ हजार ५५५ रकम रेडक्रसका सभापती अशोक श्रेष्ठलाई प्रहरी दिवसको अबसरमा हस्तान्तरण गर्नुभयो ।