कमलामाइ न.पाद्वारा रानीवास स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

सिन्धुली – कमलामाई नगरपालिकाले रानीवास स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न एम्बुलेन्स शुक्रवार एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।

कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले रानिबास स्वास्थ्य चौकीका व्यवस्थापन समितिका अध्यक्ष तथा १४ नम्बर वडाका अध्यक्ष राजन न्यौपानेलाई “ख” वर्गको एम्बुलेन्सको चाबि हस्तान्तरण गर्नुभएको हो ।

नगरपालिकाले वडालाई बिनियोजन गरेको बजेटबाट एम्बुलेन्स खरिद गरेको हो । ठुला रागमार्गहरुसँग जोडिएको जिल्ला सिन्धुली भएकाले धेरै दुर्घटना हुने गर्दछ त्यसैलै “ख” वर्गको एम्बुलेन्स प्रत्येक वडामा आवश्यक रहेको नगर प्रमुखकुमार पोखरेलले बताउनु भयो ।

विगतमा समयमानै उपचार नपाएर मृत्यु भएका कहाली लाग्दा दुर्घटना पुन: नदोहोरिनको निम्ती दुर्घटनामा परी गम्भीर घाइतेहरुलाई समयमा नै एम्बुलेन्समा अत्यावश्यक उपचार गदैँ सम्बन्धित ठाउँ सम्म पुर्याउने उदेश्यले एम्बुलेन्स प्रदान गरिएको उहाँले बताउनु भयो ।

नेपालको निर्देशिकामा “क” वर्गको एम्बुलेन्स रातो रंगको हुनुपर्ने र “ख” वर्गको एम्बुलेन्स पहेलो रंगको हुनुपर्ने व्यवस्था छ । “क”बर्गको एम्बुलेन्समा आइसीयू र भेन्टिलेटर सहितको सुविधा हुन्छ । “ख” वर्गको एम्बुलेन्समा त्यो भन्दा केही कम तर अत्यावश्यक सुविधाको व्यवस्था मिलाइएको छ ।

एम्बुलेन्स सहयोगको लागी कमलामाइ नगरपालिका लाई धन्यवाद ब्यक्त गर्दै वडा अध्यक्ष राजन न्यौपानेले उक्त एम्बुलेन्सबाट कमलामाई नगरपालिकाको वडा नम्बर ९,१०,१३ र १४ नम्बर वडाबासी लाभान्वित हुने बताउनुभयो ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार १५:०४

प्रतिक्रिया दिनुहोस्