सिन्धुलीमा जन्ती सवार बोलेरो दुर्घटना हुँदा १३ यात्रु घाइते

सिन्धुली – हरिहरपुरगढी गाउँपालिका -३ टाप्केडाँडाबाट कमलामाई नगरपालिका -१ बेलटारतर्फ जन्ती लिएर फर्किने क्रममा जन्ती सवार बोलेरो शनिबार दुर्घटनामा परेको छ ।

जन्ती सवार बा.२० च ३०५९ नम्बरको बोलेरो रतनपुर स्थित मदन भण्डारी राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा बोलेरोमा सवार १३ जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार दुर्घटनामा चालक सहित १३ जना सवार मानिसहरू घाइते भएकोमा ७ जनाको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा सामान्य उपचार पश्चात् डिस्चार्ज भईसकेको र अन्य ६ जनालाई थप उपचारको लागि सिन्धुली ल्याइएको छ ।

प्रहरी नायव उपरीक्षक दाहालका अनुसार चालक कमलामाई नगरपालिका ८ का ३६ वर्षीय कमल थोकर रहेको र बोलेरोमा सवार कमलामाई ८ कै १९ वर्षीय निराजन पाख्रिन, १३ वर्षीय मस्त सिङगोले, १५ वर्षीय सुनिल बम्जन, १६ वर्षीय पवित्रा स्याङतान र १८ बर्षिया मनिता बम्जनलाई थप उपचारको लागि सिन्धुली ल्याइएको छ ।

कमलामाई नगरपालिका १ का ५३ वर्षीय दिल बहादुर गोले, सोही ठेगाना भएका २७ वर्षीय बिरकोश्म थिङ, ३१ बर्षिया गीता लामा, १९ वर्षीय असल मेक्वन, १६ बर्षिया अमृता बम्जन, ४२ वर्षीय बुद्धिमान गोले र मरिण गाउँपालिका ५ का १८ वर्षीय दीपेन्द्र भोलन प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा सामान्य उपचार पश्चात् डिस्चार्ज भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार १६:२८

प्रतिक्रिया दिनुहोस्