भद्रकालीमा नेकपा परित्याग गरि ९३ कार्यकर्ता काङ्ग्रेसमा प्रवेश

सिन्धुली – सिन्धुलिको भद्रकालिमा नेकपाका ९३ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । क.न.पा -२ भद्रकाली मन्दिर ब्यबस्थापन समितिका सचिब चेतबहादुर थापामगर, युवा-अगुवा राजु थापामगर लगाएतको नेतृत्वमा नेकपा कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन ।

नेपाली काङ्ग्रेस कमलामाइ नगरपालिका -२ कार्यसमितीले आयोजना गरेको पार्टिप्रवेश कार्यक्रममा नव-प्रबेशिलाइ काङ्ग्रेस सिन्धुलिका सभापती उज्ज्वल प्रसाद बरालले साधारण सदस्यताको प्रमाणपत्र हस्तान्तरण गर्दै पार्टिमा प्रवेश गराएका हुन ।

नवप्रबेशी राजु थापामगरले नेकपाको सरकार भए पनि नेताहरु जनताको पक्षमा भन्दा आफ्नो व्यक्तिगत फाइदाका लागि मात्रै काम गरेकाले आफूले पार्टी छाडेको बताए । नब प्रवेशीहरुले आफुहरुले बिश्वास गरेको पार्टिले जनताको नेतृत्व गर्न नसकेकाले आफुहरुको भरोसा ती पार्टीबाट टुटेको र अब नेपाली काङ्ग्रेस माथी बिश्वास बडेकाले आफुहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेको बताए ।

सिन्धुलीमा पछिल्लो समय नेकपा छाडेर कांग्रेस प्रवेश गर्नेको लहर नै चलेको छ । पछिल्लो तीन महिनामा सिन्धुलीका विभिन्न स्थानिय-तह अन्तरगतका नेपाली काङ्ग्रेस कार्यसमितिको आयोजनामा एक हजारभन्दा बढी नेकपाका कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको काङ्ग्रेस सिन्धुलिले जनाएको छ । 

नव-प्रबेशिलाई स्वागत गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस सिन्धुलिका सभापति उज्वल प्रसाद बरालले अहिलेको सरकार महामारीको बेलामा पनि देशको ढुकुटी लुट्ने कार्यमा ब्यस्त रहेको तर जनताको जीवनस्तर उकास्ने र शुद्धीकरण कार्यमा कुनै भुमिका नरहेकोले नेकपा कार्यकर्तामा नैराष्यता भाबको बिकास भएको बताए ।

सभापती बरालले नेपाली काङ्ग्रेसको बिचार र सिद्धान्तलाई अङ्गालेर काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई काङ्ग्रेसले सधै सम्मान गर्ने र आएका अवसरहरुलाई समान रुपमा वितरण गर्ने अनि स्थानीय समुदायमा नयाँ पुरानो नभनी पार्टिमा एकजुट भएर लाग्न सबैलाइ उर्जा मिलोस भनी शुभकामना दिए ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार १४:०३

प्रतिक्रिया दिनुहोस्