बिबाह पन्चमीको अबसरमा कमलामाइ नगरपालिका -३ कुडुलेमा मेला

सिन्धुली – कमलामाइ नगरपालिका -३ कुडुलेमा नबनिर्मीत श्री पन्चेश्वर महादेब मन्दिरमा बिबाह पन्चमीको अबसरमा आइतबार साझ मेला लागेको छ । परापुर्बकाल देखि बिबाह पन्चमीको अबसरमा मेला लाग्ने गरेको पन्चेश्वर महादेब मन्दिर २०७२ सालको भुकम्पमा भत्कीएको थियो ।

उक्त भग्नाबशेष अबस्थामा रहेको मन्दिर कमलामाइ नगरपालिकाको पहलकदमीमा नयाँ शहर आयोजना खुर्कोटको ४६ लाख पच्चीस हजार लगानीमा पन्चेश्वर मन्दिर, धर्मशाला, मन्दिर जाने ६० मिटर ढलानबाटो र घेराबेरा निर्माण गरिएको छ ।

निर्माण कार्यमा सङ्लग्न गोलन्जोर -७ का सोमबहादुर राइले उक्त मन्दिरमा परापुर्वकाल देखी हरेक बर्ष बिबाह पन्चमीको दिन पुजापाठ र मेला लाग्ने गरेको बताए । मन्दिरमा पुजा-आजाको लागी साबिकको जलकन्या, मझुवा, रतनचुरा, भिमेश्वर लगायतका स्थानबाट धर्मावलम्बीहरु आउने गरेको स्थानिय राइको भनाइ छ ।

नबनिर्मित मन्दिर, धर्मशाला र मेलाको कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले आइतबार साझ अबलोकन गर्नुका साथै मन्दिरमा पुजापाठ समेत गर्नुभएको छ ।

पुजापाठमा सरिक हुँदै नगरप्रमुख पोखरेलले आस्था र बिश्वासको प्रतीक यस्ता सास्कृतिक सम्पदाहरुको संरक्षण गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । मेला सोमबार बिहान मन्दिरमा पुजापाठ गरेर समापन गरिनेछ ।

प्रकाशित मिति : १ पुष २०८०, आईतवार १४:००

प्रतिक्रिया दिनुहोस्