गुराँसेका १ सय २० घर हायु-परिवारलाई न्यानो सिरक बितरण

सिन्धुली -कमलामाइ नगरपालिका -१ गुराँसे कोप्चेका लोपोन्मुख हायु समुदायलाई शुक्रबार एक कार्यक्रमका बिच न्यानो (ओढ्ने फाइबर) सिरक बितरण गरिएको छ ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको उपस्थिती तथा कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा एक घरपरिवारलाई दुई/दुई थानको संख्यामा १ सय २० हायु घर-परिवारलाई न्यानो (ओढ्ने फाइबर) सिरक बितरण गरिएको हो ।

विभिन्न जातजातिको भाषाभाषी, संस्कार, संस्कृति भएको नेपाली समाजमा रहेको हायु जाति पनि एक हो । नेपालमा लोपोन्मुख जातिहरूमध्ये पर्ने हायु जातीको बसोबास रहेको जिल्लाहरुमध्ये सिन्धुली पनि पर्छ । सिन्धुलीको कमलामाइ नगरपालिकाको वडा नम्बर -१ स्थित खारखोलाको गुराँसे कोप्चे, गोलन्जोर गाउँपालिकाको रतनचुरा, घ्याङ्लेख गाउँपालिकाको हायुटार लगायतका क्षेत्र लोपोन्मुख मानिने हायु जाती बसोबास गर्ने प्रमुख क्षेत्र हुन ।

कमलामाइ नगरपालिकाको वडा नम्बर -१ स्थित खारखोलाको गुराँसे कोप्चेमा मात्रै १ सय २० घरपरिवार हायु जाती बसोबास गर्छन । उक्त समुदायमा ६ सय १५ हायु समुदायको जनसंख्या रहेको उक्त वडाका अध्यक्ष नरेश गोलेले जानकारी दिनुभयो ।

कुनै राजनैतिक इन्ट्रेस्टमा न्यानो सिरक बितरण गरेको नभइ दिनानुदिन बढ्दै गइरहेको चिसोको कारण जनजिबन प्रभाबित बन्दै गइरहेको सन्दर्भमा गरिबिको रेखामुनी रहेका त्यसमा पनि हायु जातिलाई न्यानो कपडा उपलब्ध गराऔं भन्ने हेतुले कमलामाइ नगरपालिकाका नगरप्रमुखसंगको समन्वयमा कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी तथा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले बताउनुभयो ।

कार्यक्रम मार्फत मन्त्री श्रेष्ठले घ्याङ्लेख गाउँपालिका वडा नम्बर -२ बस्तिपुरका अति सिमान्तकृत ९३ घर थामी परिवारलाई पनि एक घरपरिवार बराबर दुई/दुई थान न्यानो फाइबर सिरक बितरण गरिएको समेत मन्त्री श्रेष्ठले जनाउनुभयो ।

कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका अध्यक्ष तथा कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले कुनै पनि राजनैतिक आस्था बेगर आफ्नो निर्वाचन क्षेत्र समेतलाई मध्यनजर नगरी गरिबिको रेखामुनी रहेका त्यसमा पनि हायु जातिको संख्यात्मक विवरण माग गरि प्रदेशको तर्फबाट सकारात्मक पहल गरि छोटो समयमा न्यानो सिरक सहयोग गर्नुभएको भन्दै प्रदेश सरकार र आन्तरिक मामिला तथा कानुन मन्त्री श्रेष्ठलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

राजनीति भन्दा माथी रहेर निस्वार्थ पुर्वक लोपोन्मुख तथा सिमान्तकृत जातीलाई न्यानो सिरक सहयोग गरेको प्रती संस्थागत रुपमा धन्यवाद ब्यक्त गर्दै नगरप्रमुख पोखरेलले जनताको समृद्धिको लागी मात्रै कुनै पनि राजनितीक दलले अब राजनिती गर्नुपर्ने उल्लेख गर्नुभयो । 

जुनसुकै भाषा, धर्म, संस्कृतिको संरक्षण गर्नु स्थानिय तहको कर्तव्य रहेको जनाउदै नगरप्रमुख पोखरेलले स्थानिय भाषा (हायु) मा कोहि-कसैले अध्यन गर्नुभएको छ र स्थानिय पाठ्यक्रममा हायु भाषा अध्यापन गराउन इक्छुक हुनुहुन्छ भने त्यसको लागी स्थानिय सरकार प्रमुख भएको हैसियतले आफू आबस्यक पहल गर्न तयार रहेको बताउनुभयो ।

पछिल्ला सन्ततिहरुले आफ्नो पुर्खेउली भाषा, धर्म, संस्कृति बिर्सिदै गइरहेको प्रती लक्षित गर्दै पोखरेलले बिधालय स्तरदेखीनै स्थानिय पाठ्यक्रममा स्थानिय भाषा सहितको शिक्षा लागू हुनुपर्ने र त्यसको लागी नगरपालिका समन्वय गरेर अघि बढ्न तयार रहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : ७ पुष २०८०, शनिबार ०२:२६

प्रतिक्रिया दिनुहोस्