बोहोरेटारमा मोटरसाइकल दुर्घटना: दुईको घटनास्थलमै मृत्यु

सिन्धुली – सुनकोशी गाउँपालिकामा -३ बोहोरेटारमा सोमबार बिहान यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार मोटरसाइकल चालक सहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बिपि राजमार्ग हुँदै रामेछाप मन्थलीबाट काठमाडौ तर्फ जाँदै गरेको बा. प्र. ०१-००६ ख ४५९३ नम्बरको यात्रुबाहक बस र बिपरित दिशाबाट आउदै गरेको मोटरसाइकल बोहोरेटारमा एक आपसमा ठक्कर खाइ दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा परि अन्दाजी २४/२५ बर्षका नाम नखुलेका बा ६० प ३४४५ नम्बरको मोटरसाइकल चालक र सोही मोटरसाइकलको पछाडी बस्ने खोटाङ दिक्तेल नगरपालिका -१० बस्ने बर्ष १८ कि मुनाकला राईको घटस्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

मन्थलीबाट काठमाडौ जाँदै गरेको यात्रुबाहक बस मन्थली नगरपालिका -१३ बस्ने बर्ष २४ का रुपेश अधिकारीले चलाएका थिए । बस र बसका चालकलाई ईलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ९ पुष २०८०, सोमबार ०४:५५

प्रतिक्रिया दिनुहोस्