बिपि राजमार्गमा मोटरसाइकल दुर्घटना: तिनजना गम्भीर घाइते

सिन्धुली – बिपि राजमार्ग स्थित सुनकोशी गाउँपालिका -१ देबिथानमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार तिन जना गम्भीर घाइते भएका छन ।

काठमाडौबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र. ०२- ०२७ प १०८९ नम्बरको मोटरसाइकल र बिपरित दिशा सिन्धुलीबाट काठमाडौ तर्फ जाँदै गरेको प्र २-०४-००१ प २५५२ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाइ दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक रामेछाप लिखु तामाकोशी गाउँपालिका -६ बस्ने बर्ष २३ का जीवन तामाङ र सोही मोटरसाइकलको पछाडी बस्ने बर्ष २३ का दोर्जे तामाङको टाउको, हातखुट्टा र शरिरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका छन ।

उक्त दुर्घटनामा सिन्धुलीबाट काठमाडौ तर्फ जाँदै गरेको मोटरसाइकलमा सवार सिन्धुली तिनपाटन गाउँपालिका -११ घर भइ हाल महोत्तरी बर्दिबास नगरपालिका -१ बस्ने अन्दाजी बर्ष ३८ का खुशीराज काफ्ले गम्भीर घाइते भएका छन । काफ्लेको दाहिने खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ ।

घाइतेको थप उपचारको लागी धुलीखेल अस्पताल पठाइएको र दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

प्रकाशित मिति : ११ पुष २०८०, बुधबार १२:३२

प्रतिक्रिया दिनुहोस्