सिन्धुलीगढीको सानोगढीमा ईलेक्ट्राेन दुरविन जडान गरिने

सिन्धुली – ऐतिहासिक सिन्धुलीगढी स्थित सानाेगढीमा ईलेक्ट्राेन दुरविन जडान गरिने भएको छ । दुरविन जडानको लागी प्राबिधिक टोलिले कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको उपस्थितिमा बिहिबार स्थलगत अबलोकन गरेका छन ।

विद्युतिय शक्तिबाट संचालन हुने उक्त दुरविनकाे क्षमता २५*१००० इकाईको रहेको छ । ईलेक्ट्राेन दुरविन ऐतिहासिक सिन्धुलीगढी क्षेत्रको सानोगढीमा स्थापना गर्ने गरि प्राबिधिक तयारी गरिएको नगरप्रमुख पोखरेलले बताए ।

दुरविनबाट गाैरीशंकर हिमाल लगायतका हिमश्रृङ्खला हरुलाई अत्यन्त नजिकैबाट दृष्यावलाेकन गर्न सकिने जनाउदै कमलामाइ नगरपालिकाका वातावरण शाखा प्रमुख सागर कुमार ढकालले मधेस प्रदेशका बस्तीहरु मात्र नभई जिल्लाकै पुर्व र पश्चिमका ल्यण्डस्केपलाई उक्त दुरविनबाट निकट दुरीमा दृष्यावलाेकन गर्न सकिने बताए ।

सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थान हो । सिन्धुलीगढी काठमाडौँबाट करिब १ सय ५० किलोमिटर पूर्वमा रहेको छ । ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा अत्यन्त सुन्दर रहेको छ । सिन्धुलीगढी नेपाल-अंग्रेज युद्धको जीवित दस्तावेज हो ।

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार १२:०१

प्रतिक्रिया दिनुहोस्