महिला बन्धक घटनाः डेढ करोड ऋण मिनाहा गराउने प्रपन्च

सिन्धुली – भिमान वडा नं. ५ भई हाल कमलामाई नगरपालिका वडा नं. ५ वस्ने बर्ष ६१ की तिर्थमाया कमिनिले २०७९ असोज २७ गते कमलामाई नगरपालिका ५ का एक स्थानिय वर्ष ४४ का शन्तोष थापालाई घरखर्च शिर्षकमा रु. ४० लाख ऋण दिएको लिखत कागजमा औठाछाप गरिन् ।

वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालद्धारा हस्ताक्षरित मन्जुरीनामामा भनिएको छ ऋणी भक्त वहादुर थापाका छोरा शन्तोष थापाले तिर्थमाया कमिनिबाट घरखर्च प्रयोजनका लागी लिएको रकम रु. ४० लाख कर्जा आउदो २०७९ माघ २० गते भित्र चलनचल्ति अनुसारको एकमुष्ट सावाव्याज वरावरको रकम फिर्ता गर्नेछु ।

उक्त उल्लेखित समयभित्र सावाव्याज सहितको रकम नवुझाएको सर्तमा मेरो घर जायजेथाबाट कानुन बमोजिम असुलउपर गराईलिनुहोला भनि गराईएको कागज कागजमा मात्रै सिमित भएको छ ।

६१ वर्षिया तिर्थमाया कमिनि अहिले सोहि लेनदेनको कारण बिचल्लिमा परेकी छिन् । परिवारलाई समेत थाहा नदिई विश्वास गरेर त्यत्रो रकम एउटा कागजको भरमा वुझाएकी तिर्थमायाले आफ्नो नाममा भएको १० धुर जग्गा समेत साही कारणले गुमाउन पुगेको सुनाउछिन् । उनि भन्छिन् मैले सोहि लेनदेनका कारण आज सडकमा पुगे, आफ्नो नाममा भएको त्यहि जग्गापनि आफुले थाहै नपाई ऋणीले अर्कैलाई वेच्दिसकेछ ।

तिर्थमाया कमिनि एउटा प्रतिनिधी पात्र मात्रै हुन । उनिजस्तै कयौंले पाँच लाख, दश लाख, बिस लाख, तिस लाख गरि लाखौंलाख एक व्यक्तिलाई वुझाएका छन् । कमलामाई नगरपालिका वडा नं. ४ निवासी दशौं व्यक्तिको लाखौंरकम एक व्यक्तिले ऋणको नाममा चलाएका छन् । ति, उनै व्यक्ति हुन् शन्तोष थापा ।

केहि दिन अघि देखी विभिन्न सामाजिक संजाल, समाचारका हेडलाईन, युट्युब यसै नामको पेरिफेरीमा रंगिएको छ । विद्युतको पोलमा एक महिला र पुरुषलाई बाधिएको, महिलालाई बाधेर चरम यातना दिएको, शरिर भरि निलडाम देखिएको, मरणासन्य हुनेगरी महिलालाई कुटपिट गरिएको यस्तै यस्तै समाचार र यो प्रकृतिको घटना झल्काउने तस्विरले र समाचारले सामाजिक संजालमा खुव चर्चा वटुल्यो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गएको आईतवार अर्थात ०८० पौष ०८ गते अपरान्ह करिव पाँच वजेको समयमा कमलामाई नगरपालिका वडा नं. ४ वस्ने सन्तोष थापाको श्रीमती वर्ष ३७ की शारदा थापालाई निजकै घरमा श्रीमान् लगाएत स्थानिय केहि व्यक्तीले वन्धक बनाई राखेको भन्ने सुचनाको आधारमा प्रहरी घटनास्थलमा पुगेको थियो ।

प्रहरी घटनास्थल पुग्दा घर नजिकैको विजुलीको पोलमा बाँधिएको अर्धचेत अवस्थामा महिलालाई फेला पारि अस्पताल भर्ना गरिएको र घटनामा संलग्न भएको आशंकामा केहिलाई नियन्त्रण लिईएको प्रहरीले जनायो ।

यस घटनामा संलग्न पिडित भनिएकी महिलाका श्रीमान् लगाएत स्थानिय सात जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवस्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार शिलवालले वताए ।

प्रहरी प्रमुख सिलवालका अनुसार घटनास्थलबाट अर्धचेत अवस्थामा महिलालाई उद्धार गरिएको र हाल सेफ हाउसमा उक्त महिलालाई राखिएको छ । पिडित भनिएकी महिला शारदा थापाले शरिर बन्धक सम्वन्धी कसुरमा जाहेरि दरखास्त दिएपछी नियन्त्रणमा लिएका व्यक्तिलाई वुधवार जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई आवस्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यता यसै घटनालाई लिएर कमलामाई नगरपालिका ४ का स्थानियले विहिवार दिउँसो पत्रकार सम्मेलन मार्फत विज्ञप्ती जारि गरेका छन् । विज्ञप्ती मार्फत स्थानियले भनेका छन्, ‘लेनदेनको विषयलाई लिएर कमलामाई नगरपालिका–४ सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट भएको भन्ने अफवाहजनक मिडियाबाजी र प्रहरी प्रशासनको गतिविधी प्रती हाम्रो घोर आपक्ती छ । ’

स्थानियका अनुसार पिडित भनिएकी महिला र उनका श्रीमान् दुवैको मिलेमतोमा उक्त घटना भएको हो । तर, यस घटनासंग कुनैपनि सम्वन्ध नै नभएको व्यक्तिलाई सामान्य सोधपुछका लागी भन्दै प्रहरीले जवरजस्ती स्थानियलाई थुन्ने काम गरेको छ, यो कार्य प्रहरी प्रशासनको ज्यादती हो, ‘यस्ता कार्य हामिलाई स्विकार्य छैन, हामी आम स्थानिय नागरिकहरु अव प्रहरीका विरुद्ध आन्दोलनमा उत्रन्छौं भन्दै स्थानियले आक्रोश पोखे । ’

पत्रकार सम्मेलन मार्फत सयुंक्त हस्ताक्षर सहितको विज्ञप्ती जारि गर्दै पिडितलाई थप पिडित वनाउने गरि भएको मिडियावाजी र प्रहरी प्रशासनको गतिविधि प्रती स्थानियको घोर विमत्ती रहेको उल्लेख गरेका छन् ।

स्थानियले घटनामा संलग्न भएका व्यत्तिलाई मात्रै आवस्यक अनुसन्धानको लागी प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्नुपर्नेमा घटनाको कुनैपनी सरोकार नै नभएको व्यक्तिलाई सामान्य सोधपुछका लागी भन्दै प्रहरी कार्यालयमा वोलाएर जवरजस्ति थुन्ने काम गरेको भन्दै आक्रोस व्यक्त गरे ।

कमलामाई नगरपालिका –४ स्थित वर्ष ४२ का विष्णुकुमार ढकालकी श्रीमती जानुका ढकालले आफ्नो श्रीमान् उक्त घटनामा कुनैपनी कुरामा नजोडिएको भएपनी प्रहरीले सामान्य सोधपुछका लागी प्रहरी कार्यालय बोलाएर जवरजस्ती श्रीमान्लाई थुनेको भन्दै आक्रोश व्यक्त गरिन् ।

पिडित भनिएकी महिला शारदा थापाले व्यक्तिगत स्वार्थ र रिसिबिको कारण ज–जस्को नाम लिईन् उनैको एकतर्फी कुरा सुनेर प्रहरीले स्थानियलाई नियन्त्रणमा लिनुका साथै प्रहरी र मिडिया त्यसैको मात्रै कुरा सुनेर सत्यतालार्ई तोडमोड गर्न लागिपरेको स्थानियको आरोप छ ।

यता, प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको भएपनी पिडित भनिएकी महिला शारदा थापा र उनका श्रीमान् शन्तोष थापाबाटचाहीँ आफुहरु चरम पिँडामा रहेको स्थानियबासी बताउछन् । स्थानिय भन्छन् पिडित भनिएकी महिला शारदा थापा र उनका श्रीमान् शन्तोष थापाले विभिन्न बहानामा विगत तिन वर्ष यता स्थानियको करिब १ करोड ५० लाख व्यक्तिगत रुपमा ऋण लिएका छन् ।

कुनैपनी पेशा तथा व्यापार–व्यबसाय नभएका थापा दम्पतीले विभिन्न बहानामा लिएको त्यत्रो ऋण तिर्न सक्ने स्थिति छैन । स्थिती भएपनि मनसाय छैन । दिनदिनै साहुँले ऋण तिर्नका लागी च्याप्न थालेपछी आफ्नो नाममा भएको जग्गा र घडेरी पनि शन्तोष थापाले आफ्नी श्रीमती शारदा थापाको नाममा पास गरिदिएको स्थानिय वताउछन् ।

त्यतिमात्रै होईन श्रीमतीको नाममा रहेको घरजग्गा समेत साहुले हडप्छ भनेर भएभरको घडेरी र जग्गा फेरी श्रीमतीको नामबाट भदाहा भाईको नाममा पास गरिएको छ ।

शन्तोष थापाकी श्रीमती शारदा थापा छोरा पढाउने शिलसिलामा केहि महिना यतादेखी काठमाडौंमा वस्दै आएकी छिन् । उनका श्रीमान् शन्तोष थापा पनि श्रीमती र छोरा भेट्ने शिलसिलामा कहिले काठमाडौ त कहिले सिन्धुली गरिरहन्छन् । सोहि शिलसिलामा गएको पौष ६ गते थापा दम्पती सिन्धुली घर आएका थिए ।

उनिहरु घर आएको थाहा भएपछी शन्तोष थापालाई ऋण दिने केही व्यक्ती र केही स्थानिय उनिहरुको घर पुगेका थिए । घर पुगेका ति व्यक्ति देख्ने वित्तिकै शन्तोषकी श्रीमती शारदा थापाले मेरो घर तोडफोड गर्न आएको भन्दै ति घरमा आएका व्यक्तिलाई तथानाम गालीगलौच गरेपछी शारदाका श्रीमान शन्तोष थापाले स्वयं आफ्नी श्रीमतीलाई बाधेको र आफुलाई पनि बाध्न लगाएको प्रत्यक्षदर्शी छिमेकी एक स्थानिय महिला वताउछिन् ।

प्रत्यक्ष रुपमा उक्त घटना नियालेकी ति छिमेकी महिलाले भनिन्, ‘आफ्नी श्रीमतीलाई पनि बाध्ने र आफुलाई पनि बाध्न लगाउने स्वयं शन्तोष थापा नै हुन् । बरु त्यहा पुगेका स्थानियले चाँही उनिहरु आफैले बाधेको डोरी फुकाईदिएर त्यही निगरानि गरेर वसिरहेका थिए । शारदा थापाले त्यही व्यत्तिहरुकै अघि आफु झुण्डिएर आत्महत्या गर्ने र सवै गाँउलाई प्रहरीले लान्छ जस्ता अभिव्यक्ति समेत दिएको उक्त छिमेकीले वताईन् ।

सोहि घटना समयमा प्रत्यक्षदर्शीका अनुसार शारदा थापा र त्यहा भएका व्यक्तिले प्रहरी कार्यालयमा समेत फोन गरेका थिए । तर, प्रहरी भने त्यो समयमा घटनास्थल पुगेन । उनका अनुसार यदि त्यहावाट फोन गरेको वेला प्रहरी त्यहाँ पुगेको भए उक्त घटना सायद घट्ने थिएन ।

प्रहरी प्रशासनकै अगाडी शन्तोष थापाकी श्रीमती शारदा थापाले आफ्नो श्रीमान्को मुखमा थुकिदिएर गालामा दुई चड्कन हान्दा पनि प्रहरी मुकदर्शक बनेको यथार्थलाई बेवास्ता गरि आफ्नो ऋण उठाउन गएका व्यक्तिहरुलाई नै विभिन्न आरोप लगाई कारवाहि गरिएको घटना प्रती स्थानिय भने रुष्ट छन् ।

घटनालाई नजिकबाट नियालीरहेका स्थानियका अनुसार शारदा थापा र शन्तोष थापा काठमाडौंबाट प्लानिङ अनुसारै सिन्धुली आएका हुन् । सिन्धुली आएपछी शारदा थापाले शन्तोष थापासंग सम्वन्ध विच्छेदको मुद्धा जिल्ला अदालतमा दर्ता गरेकी थिईन् ।

सम्वन्ध विच्छेद पछी श्रीमान्को अंशबाट आफुले कानुनसम्मत पाउनुपर्ने सम्पती आफुले लिने र त्यसपछी श्रीमान्को नाममा केही सम्पती नहुने हुँदा आफुहरुले लिएको ऋण असुलउपर गर्नु नपर्ने मनसाय हुनसक्ने स्थानियको आशंका छ ।

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार २२:१५

प्रतिक्रिया दिनुहोस्