आइसोलेसन भवन: बम्जनद्वारा २०० बोरा सिमेन्ट सहयोग

सिन्धुली । इम्मानुएल कन्स्ट्रक्सन प्रा.लि. का प्रबन्ध निर्देशक तथा समाजसेवी छेत्रबहादुर बम्जनले सिन्धुलीको कमलामाई नगरपालिका- ६ शिवनगरमा निर्माण भईरहेको आईसोलेसन भवनका लागि सहयोग गरेका छन ।

बम्जनले निर्माणाधिन ५० बेडको आईसोलेसन भवन निर्माणमा २०० बोरा ओपिसी सिमेन्ट सहयोग गरेका हुन । आफ्नो कन्स्ट्रक्सनले गरेको कामबाट संकलित रकमबाट ब्यक्तिगत रुपमा २०० बोरा सिमेन्ट सहयोग गरिएको प्रबन्धक बम्जनले बताए ।

राजनीतिको भाषा त्यति नबुझेपनी देश निर्माण तथा सामाजिक सेवाका लागि कुनै न कुनै तबरले काम गर्ने इच्छा आफुलाइ भएको र यसैअनुरुप बिपत्त या अन्य समयमा सामाजिक क्षेत्रमा आफू क्रियाशिल रहेको बम्जनले बताए ।

बम्जन गएको प्रदेशसभाको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट सिन्धुली निर्वाचन क्षेत्र नम्बर -२ प्रदेशसभा (ख) का प्रत्यासी उमेदवार थिए । प्रदेशसभामा पराजित बनेका बम्जन हाल निर्माणसेवा र सामाजिक सेवामा क्रियाशिल छन ।

बम्जनले (कोभिड -१९) महामारीको समयमा अलपत्र परेका सर्बसाधारणलाई नि:शुल्क यातायातको ब्यबस्था, स्वास्थ्यचौकी निर्माणमा सहयोग, सामाजिक संघ/संस्थाले गरेका काममा बम्जनले ब्यक्तिगत रुपमा सहयोग गरेका छन ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आईतवार १३:४९

प्रतिक्रिया दिनुहोस्