दैनिक सेवा प्रवाहलाई थप प्रभाबकारी बनाउनेछु : प्रजीअ खनाल

सिन्धुली – केहीदिन अघि सिन्धुली सरुवा भइ आउनुभएका प्रमुख जिल्ला अधिकारी भरत खनालले शुक्रबार जिल्लाका संचारकर्मीहरुसंग अन्तरक्रिया तथा सुझाब संकलन गर्नुभएको छ ।

अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी समक्ष प्रशासनिक गतिबिधीलाई थप प्रभाबकारी बनाउन संचारकर्मीले सुझाब दिएका छन । प्रशासनबाट सेवा प्रबाहको क्रममा हुने गतिबिधीलाई थप चुस्त र प्रभाबकारी बनाउन आएका सुझाब र प्रतिक्रिया अनुसार नै आफुले काम गर्ने प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभयो ।

प्रजीअ खनालले प्रशासनबाट हुने दैनिक सेवा प्रबाहको ब्यबस्थापन आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । कार्यालयमा कर्मचारी ब्यबस्थापन मुख्य चुनौती रहेको जनाउदै यसको ब्यबस्थापन र निराकरणका लागी आफुले एथासक्य पहल गर्ने उहाँको भनाइ छ ।

जिल्लाको शान्ती, शु-ब्यबस्था र सुरक्षा कार्यान्वयनको लागी आफुले प्रशासनिक क्षेत्रबाट कुनै पनि कसुर बाकी नराख्ने प्रजीअ खनालले जनाउनुभयो । जिल्लाको समग्र बिकासको निम्ति हामी सबै एउटै डुंगामा सवार यात्रु भएकाले खासगरी स्थानिय-तह, सरोकार निकाय सबैको समन्वय र सहकार्य अपरिहार्य हुनुपर्नेमा उहाले जोड दिनुभयो ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार १२:५०

प्रतिक्रिया दिनुहोस्