सिन्धुलीमा ट्याक्टरको ठक्करबाट पाँच बर्षिया बालिकाको मृत्यु

सिन्धुली – ट्याक्टरको ठक्करबाट सनिबार एक बालिकाको मृत्यु भएको छ । सिन्धुलीको कमलामाइ नगरपालिका –५ मधुटारमा पाँच वर्षीया अरुणा श्रेष्ठ (निर्जला) को ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो  ।  

मृतक बालिकाको परिवारलेअंकपत्रलाई जनाए अनुसार घर अगाडिबाट बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिएर उनको मृत्यु भएको हो । मधुटार–सिलामे सडकखण्डमा ना ५ त ९५१० नम्बरको ट्याक्टरले शनिबार दिउसो ठक्कर दिंदा बालिकाको मृत्यु भएको हो ।

अहिले बालिकाको शव जिल्ला अस्पताल सिन्धुलीमा राखिएको छ । ट्याक्टर र ट्याक्टर चालक कमलामाइ नगरपालिका –५ का बर्ष २८ का गोपि वाइबालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ । मृतक अरुणा श्रेष्ठ २०७५ भाद्र १५ गते जन्मीएकि थिइन ।

प्रकाशित मिति : १४ पुष २०८०, शनिबार ११:०४

प्रतिक्रिया दिनुहोस्