सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिकाले गाउँसभाको १३ औं अधिबेशन शनिबार सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो ।
बागमती प्रदेशको गाउँ-नगर जिल्ला सभा संचालन (कार्यबिधी) ऐन २०७५ बमोजिम गाउँ सभाको १३ औं अधिबेशन संचालन गरिएको गाउँसभाका सचिव एबम प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर बस्नेतले जानकारी दिए ।
अधिबेशन सफलताका लागी सभाका उपाध्यक्ष धनबहादुर पुलामीले शुभकामना ब्यक्त गरेका थिए । सभा अध्यक्षले उपलब्ध गराएको समयमा कार्यसुचीमा भएका प्रस्तावहरु माथी सभाका सदस्यहरुले छलफल गर्दै आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
चालू आ.व मा विभिन्न बिषयगत शाखा र वडास्तरबाट पेश भएका संसोधित बजेट तथा कार्यक्रमहरु सभाले अनुमोदन गरि पारित गरेको छ । बिगत आ.वमा दायित्व सृजना भइ भुक्तान हुन बाकी योजना तथा कार्यक्रमहरुको शिर्षगत बजेट सभाले अनुमोदन समेत गरेको छ ।
त्यस्तै, आर्थिक ऐन २०८० लाई संसोधन गर्न बिधयक समितीबाट पेश भएको प्रस्ताब सभाले पारित गरेको छ । विभिन्न सात प्रस्तावमाथी छलफल भइ सर्वसम्मत निर्णय पारित भएको गाउँपालिकाका सुचना अधिकारी युबराज काफ्लेले जानकारी दिए ।
अधिबेशनको अबसरमा गाउँपालिकाले शैक्षिक-सत्र २०७९ को एसइइ परिक्षामा सहभागी पालिका भित्रका सामुदायिक बिधालयबाट सर्बोउत्कृष्ट अंक ल्याउने चम्पादेबी मा.बि गडाम्रेका छात्रा सुस्मीता थापामगर र मा.बि बतासे आँपटारका छात्र प्रज्ञान दाहाललाई जनही एक/एक थान ल्यापटप दिइ पुरस्कृत गरिएको पालिकाले जनाएको छ ।