सिन्धुली – कमलामाइ नगरपालिका -१२ स्थित कुण्डेश्वर मा.वि बेसारेबेसीको ५६ औं बार्षिक उत्सब तथा अबिभावक दिवस सोमबार सम्पन्न भएको छ । कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा वडा-अध्यक्ष भिम बहादुर गुर्मछानको अध्यक्षतामा बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।
नगरप्रमुख पोखरेलले अभिभावक दिवसको अबसरमा शुभकामना ब्यक्त गर्दै बिद्यालयको सहजता, गुणस्तरियता र व्यवहारमुखी उपयोगी सीप सहितको शिक्षा आजको आवस्यकता रहेको बताए ।

पोखरेलले सामुदायिक बिद्यालयमा राज्यले शिक्षामा गरेको लगानी अनुसारको प्रतिफल नदेखिएको अबस्थामा कमलामाइ नगरपालिकाले सामुदायिक बिद्यालयको शैक्षिक सुधारका कार्यक्रम तयार गरेको उल्लेख गरेका छन ।
५६ औं बार्षिक उत्सवको अबसरमा बिद्यालय परिसरमा कमलामाइ नगरपालिकाको सहयोगमा निर्माण हुन लागीरहेको सरस्वती मन्दिरको समेत नगरप्रमुख पोखरेलले शिलान्यास गरेका छन ।

यसै अबसरमा मुक्तिनाथ अक्षयकोषबाट बिधालयमा अध्यनरत ५० बिद्यार्थीलाई जाडोको लागी न्यानो स्वेटर बितरण गरिएको छ भने, खेलकुद तथा विभिन्न बिधामा उत्कृष्ट हुने बिद्यार्थीलाई पुरस्कृत समेत गरिएको वडा अध्यक्ष गुर्मछानले बताए । कुण्डेश्वर मा.बि २०२४ सालमा स्थापना भएको सामुदायिक बिद्यालय हो ।