सिन्धुलीको कमला नदिमा एक व्यक्ति मृत फेला

सिन्धुली – सिन्धुलीको कमला नदिमा शुक्रवार डुबेर मृत अवस्थामा एक ब्यक्तिको लास फेला परेको छ । दुधौली नगरपालिका –६ लालभित्ती स्थित कमला खोलामा डुबेको अवस्थामा स्थानीयहरुले उक्त लास देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक दुधौली नगरपालिका –१ गिजिहानी बस्ने वर्ष ५३ का भिमनाथ अधिकारी रहेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मृतक अधिकारी बिहिबार बेलुका घरमा कोही कसैलाई नसोधी निस्केर हिडेका र उनको मानसिक सन्तुलन ठीक नभएको समेत बुझिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार १८:१३

प्रतिक्रिया दिनुहोस्