सुनकोशी सडक दुर्घटना: तिन घाईते मध्ये दुईको मृत्यु

सिन्धुली – गएको पौष ११ गते बिपि राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका १ देविस्थानमा मोटरसाईकल दुर्घटनामा परि घाईते भएका तिनजना मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

काठमाडाँैबाट रामेछापतर्फ आउँदै गरेको बागमती प्रदेश ०२०२७ प १०८९ नम्बरको मोटरसाईकल र सिन्धुलीबाट काठमाडौतर्फ जाँदै गरेको प्रदेश २०४००१ प २५५२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा परि घाईते भएका रामेछापको लिखु तामाकोशी गाउँपालिका ६ का २३ बर्षीय जीवन तामाङको बासबारी न्युरो अस्पतालमा उपचारको क्रममा गत पुष १३ गते मृत्यु भएको हो ।

यस्तै सोही दुर्घटनामा घाईते भएका सिन्धुली तीनपाटन गाउँपालिका ११ घर भई महोत्तरीको बर्दिबास नगरपालिका १ बस्ने ३८ बर्षीय खुशीराज काफ्लेको शुक्रवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटनामा घाईते भएका रामेछापको लिखु तामाकोशी गाउँपालिका ६ का दोर्जे तामाङको भने बासबारी न्युरो अस्पतालमा हाल उपचार भईरहेको छ ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार १८:२५

प्रतिक्रिया दिनुहोस्