कनपा -४ का ८ घर पहिरोको उच्च जोखिममा

सिन्धुली । सिन्धुलीको कमलामाइ नगरपालिका -४ का ८ घर परिवारमा पहिरोले जोखिम पुर्‍याएको छ । केही दिन अगाडिदेखी परेको अविरल वर्षाका कारण वडा नं ४ कुलाबाधका ४ घर र पोख्रेलगाउँका ४ घर परिवार पहिरोको जोखिममा रहेका हुन ।

करिब डेढमहिना अघि परेको अबिरल वर्षाका कारण पोख्रेलगाउँ निवासी चेतबहादुर सार्की, लक्ष्मीमाया जोगि, रामबहादुर जोगि र बिरबहादुर दर्लामीको घर पहिरोले गर्दा चिरा परेको र कठ्ठौ जग्गा बगाएको पहिरो प्रभावित चेतबहादुर सार्किले ‘अंकपत्र’ संग भने ।

मैले बाख्रा फर्मपनी शुरु गरेको छु २८/३० वटा बाख्राहरु छन तर फर्मनै पहिरोले बगाएको र आफुहरु त्यही असुरक्षित जोखिमयुक्त घरमा बस्न बाध्य भएको सार्किले बताए ।

जोखिमयुक्त बस्ति उसैबेला वडा कार्यालयका प्राबिधिक आएर अनुगमन गरेको र नगरपालिकाको कार्यालयमा अनि निबेदन दिइएको तर नगरपालिकाले बेवास्ता गरेको स्थानियले बताए ।

त्यस्तै सोमबार सोही वडाको कुलाबाध स्थित ढाडखोलामा आएको बाढीसङ्गैको पहिरोले ४ घर जोखिममा छन । बाढी सङ्गै आएको पहिरोका कारण स्थानिय उदयबहादुर थापा, खड्गबहादुर थापा, गणेश पौडेल र रमेश थापाको घर पहिरोको जोखिममा छन ।

पहिरोले घरको जोखिम बढाएसंगै स्थानिय पदमबहादुर मगर र छत्रबहादुर थापाको करिब १८ कठ्ठा क्षेत्रफलमा लगाइएको धानबाली पुरिएको छ । जोखिमयुक्त घरपरिवारलाइ ब्यबस्थापन गर्नुपर्ने र उचित क्षतिपूर्ति पाउनुपर्ने प्रभावित परिवारको माग रहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार १२:१३

प्रतिक्रिया दिनुहोस्