लोकतन्त्रवादी जनजाति महासंघको मरिण वडा-अधिवेशन सम्पन्न 

सिन्धुली – आगामी जेठ अन्तिम साता काठमाडौंमा हुने नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन केन्द्रित स्थानीय अधिबेशन देशैभर संचालन भइरको छ । 

‘संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन’ भन्ने नारा सहित काठमाडौमा आयोजना हुने केन्द्रिय महाधिवेशनको लागी जिल्लाका वडाहरुमा स्थानिय अधिबेशनहरु अहिले धमाधम संचालन भइरहेको छ । 

सोहि क्रममा सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर -५ को वडा अधिबेशन शनिबार सम्पन्न भएको छ । नेपाल लोकतन्त्रबादी आदिबासी जनजाती महासंघका केन्द्रिय सदस्य तथा बागमती प्रदेशका संयोजक, सिन्धुली निर्वाचन क्षेत्र नम्बर -२ प्रदेश (क) बाट बागमती प्रदेशसभा सदस्य छेत्रबहादुर बम्जनको प्रमुख आतिथ्यतामा उक्त वडाको वडा-अधिबेशन सम्पन्न भएको हो । 

अधिबेशनले प्रदिप माझिको अध्यक्षतामा दस सदस्यीय वडा कार्यसमिति चयन गरेको छ । प्रत्येक वडाबाट छनौट भइ आएका सात प्रतिनिधिहरुको सहभागीतामा प्रदेश, क्षेत्र, जिल्ला हुँदै २०८१ जेठमा हुने केन्द्रिय महा-अधिबेशनमा प्रतिनिधिको सहभागी भइ महाअधिबेशन सम्पन्न हुनेछ ।

कार्यक्रमका प्रमुख अथिती छेत्रबहादुर बम्जनले अधिबेशनलाई सम्बोधन गर्दै लोकतन्त्र कमजोर हुँदा आदिवासीका हक अधिकार र अबसर समेत कमजोर हुँने बताउनुभयो । 

उहाँले कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने भएकाले जुन दिन कांग्रेस बलियो हुन्छ त्यो दिन लोकतन्त्र बलियो हुने र आफ्ना अधिकार सुरक्षीत गराउन पनि कांग्रेस बलियो बनाउन सबै लाग्नु पर्ने उल्लेख गर्नुभयो । 

झुट र भ्रमको खेती गर्नेहरुले झुक्याएर सोझासिधा जनजातिलाई कांग्रेसबाट अलग्याउने प्रयत्न गरेकाले त्यसले हामिहरुलाइ घाटा भएको बताउनुभयो । उहाँले सबै आदिबासी जनजातीहरु एक ढिक्का भएर कांग्रेसलाई बलियो बनाउन लागी परे आदिबासीहरु स्वत बलियो हुने धारणा ब्यक्त गर्नुभयो । 

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर -२ प्रदेश (क) का सचिब देवराज नेपाल, महाधिबेसन प्रतिनिधि तथा मरिण गाउँपालिकाकी उपाध्यक्ष बिमला माझी, मरिण कांग्रेसका सभापति रामबहादुर तामाङ, शिक्षक संघ बागमती प्रदेश  सदस्य बृज गोले लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो । 

प्रकाशित मिति : २१ पुष २०८०, शनिबार १६:५३

प्रतिक्रिया दिनुहोस्