सिन्धुलीको फिक्कलमा माटोको ढिस्कोमा पुरिएर एक वृद्धको मृत्युु

सिन्धुली – सिन्धुलीको फिक्कल गाउँपालिकामा शनिबार आफ्नै बारीको ढिस्कोमा पुरिएर एक वृद्धको मृत्युु भएको छ । बारीको ढिस्को झरेर पुरिँदा फिक्कल गाउँपालिका–५ रजेगाउँका ७४ वर्षीया मन बहादुर बुढाथोकीको मृत्यु भएको हो ।

शनिबार बिहान बारीको काल्ला खन्न गएका उनी अबेरसम्म घर नफर्किएपछि आफन्त र गाउँले मिलेर खोज्न जाँदा घरभन्दा एक सय मिटर उत्तर तर्फ आफ्नै बारीमा उनले लगाएको चप्पल भेटिएको थियो ।

बारी माथिबाट हेर्दा ढिस्को झरेको देखिएको र ढिस्कोको माटो पन्छाएर हेर्दा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताए । प्रहरीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी शव पोष्टम्याटमका लागि सिन्धुली अस्पताल ल्याइएको जनाएको छ ।

प्रकाशित मिति : २२ पुष २०८०, आईतवार १५:४५

प्रतिक्रिया दिनुहोस्