नवज्योति बहिरा विद्यालयका बिद्यार्थीलाई न्यानो लुगा वितरण

सिन्धुली – सिन्धुलीको नवज्योति बहिरा माध्यामिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई सोमबार एक कार्यक्रमका बिच न्यानो लुगा वितरण गरिएको छ ।

कमलामाई नगरपालिका -६ जसेदमार स्थित नवज्योति बहिरा माध्यामिक विद्यालयका विद्यार्थीलाई कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले बिद्यालयमा अध्यनरत दुई सय २४ जना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गर्नु भएको हो ।

नवज्योति बहिरा माध्यमिक विद्यालयमा ५२ जिल्लाका अपांगता भएका तथा फरक क्षमता भएका विद्यार्थी अध्यनरत छन् । विद्यार्थीलाई लुगा वितरण गर्नु हुँदै नगर प्रमुख पोखरेलले अपांगता भएका तथा फरक क्षमता भएका व्यक्तिहरुलाई उनिहरुको उचित सम्मानसँगै प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो ।

फरक क्षमता भएका बालबालिकालाई पढाईमा थप आकर्षण गराउन विद्यालयमा अध्यनरत विद्यार्थीको न्युनतम स्वास्थ्य उपचार खर्च नगरपालिकाले व्यवस्थापन गर्ने नगरप्रमुख पोखरेलले प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा क.न.पा–६ का वडाध्यक्ष उज्वल कुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्लान नेपालको साझेदारी तथा कमलामाई नगरपालिकाको समन्वयमा दुई लाख ५२ हजार रुपैयाँ बराबरको न्यानो लुगा विद्यार्थीलाई वितरण गरिएको छ ।

आयोजक संस्था ह्याण्स नेपालको गर्लस स्ट्यान्डिङ स्ट्रोङ परियोजना, सिन्धुलीका अधिकृत नवराज श्रेष्ठले बढ्दै गएको चिसोबाट जोगिन न्यानो लुगा नि:शुल्क रुपमा उपलब्ध गराइएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार १३:१३

प्रतिक्रिया दिनुहोस्