ब्लु-अल्पाइन क्लब सिन्धुलीद्वारा बिद्यार्थीलाई न्यानो लुगा बितरण

सिन्धुली – कमलामाइ नगरपालिका -२ केवरे स्थित शिद्धकाली प्राथमीक बिधालयमा अध्यनरत बालबालिकालाई मंगलबार न्यानो लुगा (ट्र्याकसुट) बितरण गरिएको छ ।

स्थानिय ब्लु अल्पाइन क्लब सिन्धुलीले कमलामाइ नगरपालिकासंगको समन्वयमा बिधालयमा अध्यनरत ७१ जना बालबालिकालाई न्यानो लुगा बितरण गरिएको क्लबका अध्यक्ष सुर्य थापामगर (सुरेश)ले जानकारी दिए ।

कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा क्लबका पदाधिकारी लगायतको उपस्थितीमा बिद्यार्थी बालबालिकालाई न्यानो लुगा बितरण गरिएको हो ।

न्यानो लुगा बितरण कार्यक्रममा बिधालय ब्यबस्थापन समितीका अध्यक्ष चित्रबहादुर बुढाथोकी (सन्तोश) ले बिद्यार्थी बालबालिकालाई चिसोबाट जोगाउन यस न्यानो लुगा बितरणले सहयोग पुगेको बताउदै सहयोगी संस्थालाई धन्यवाद ब्यक्त गरे । 

चिसोको समयमा समेत पातलो कपडा लगाएर विद्यालय आउने गरेका बालबालिका न्यानो कपडास्वरूप ट्रयाकसुट पाएसँगै खुसी भएको बताउदै यस्ता सामाजिक सहयोगले चिसो मौसममा राहत पुगेको अध्यक्ष बुढाथोकीले बताए । 

कार्यक्रमका प्रमुख अतिथी तथा कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले बिधालयमा अध्यनरत बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएकोमा सहयोगी संस्था ब्ल्यु अल्पाइन क्लबलाई धन्यवाद दिँदै यस्ता राहत स्वरूपका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । 

प्रकाशित मिति : २४ पुष २०८०, मंगलवार ०९:१५

प्रतिक्रिया दिनुहोस्