भदौभित्र नगरभित्रका सुकुम्बासीले जग्गाधनी पुर्जा पाँउछन: पोखरेल

सिन्धुली – कमलामाइ नगरपालिका दलित भुमिहिन, भुमीहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सेवा केन्द्रबाट भएका कार्यप्रगती बारे छलफल तथा प्राप्त निर्देशन बारे समिक्षात्मक छलफल कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।

राष्ट्रिय भुमी आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलाको प्रमुख आतिथ्यता तथा कमलामाइ नगरपलिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद दाहाल, भुमी आयोग जिल्ला समितीका सदस्य, वडा-अध्यक्ष, नापी कार्यालयका कर्मचारी लगायतको उपस्थितीमा समिक्षात्मक छलफल सम्पन्न भएको हो ।

भूमिहीन तथा सुकुम्बासी समस्या समाधानका लागि गठित आयोगले नगरपालिकामा स्थायी लालपुर्जा वितरण गर्ने कार्य अघि बढाएको समिक्षात्मक कार्यक्रममा भुमी आयोगकी टोलि प्रमुख प्रकृति मगरले जानकारी दिइन ।

उनका अनुसार कमलामाइ नगरपालिका वडा नम्बर -७ स्थित सुकुम्बासी २ घरपरिवार र दलित भुमिहिन ६ परिवारलाई गएको असोज १८ गते जग्गाधनी लालपुर्जा बितरण गरिएको छ ।

त्यस्तै कमलामाइ नगरपालिकाको वडा नम्बर १२ स्थित १२ सुकुम्बासी घरपरिवार र ३ दलित भुमिहिन परिवार गरि १५ घरपरिवारलाइ जग्गाधनी पुर्जा बितरण कार्यको तयारी भइरहेको र छिट्टै पुर्जा बितरण गर्ने कार्य सम्पन्न गरिने सेवा केन्द्रले जानकारी दियो ।

आयोग र जिल्ला समितिले स्थानीय तहसँग कार्यसम्झौता, सेवा कार्यालय स्थापना र जग्गाको विवरण संकलन कार्य र पुर्जा बितरण कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको राष्ट्रिय भुमी आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलाले बताए । साथै बसोबासको व्यवस्थापनलाई समेत प्रमुख प्राथमिकतामा राखेर काम भएको उहाँको भनाइ छ ।

लालपुर्जा वितरणको प्रक्रियालाई सहज र छिटोछरितो बनाउन सम्बन्धित स्थानीय तहमै सेवा केन्द्र स्थापना गरिएको छ । आयोग र जिल्ला समितिको टोलिले ती स्थानीय तहमा पुगेर सेवा केन्द्रमार्फत भइरहेका गतिविधिको अवलोकन तथा समिक्षा समेत गरिरहेको उहाँले बताए । 

अहिले स्थानीय तहमा जग्गाको विवरण संकलनका लागि प्राविधिक कर्मचारीहरूले काम गरिरहेका छन् । कर्मचारीले जग्गाको नाप–जाँच, लगत संकलन र संकलित लगतलाई आयोगको सफ्टवेयरमा प्रविष्ट गर्ने लगायतका कामहरू भइरहेको जनाउदै कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले भरसक आउने भदौ महिना सम्ममा नगरपालिका भित्रका सबै भुमिहिन सुकुम्बासीले लालपुर्जा पाउने गरि काम भइरहेको बताए ।

उहाँले जनशक्तीको अभाब रहेको र जनशक्ति ब्यबस्थापनको लागी राष्ट्रिय भुमी आयोगसंग समन्वय भइरहेको जनाउदै कमलामाइ नगरपालिका भित्रका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा र बसोबासी ब्यबस्थापन भदौ महिना भित्रै सक्ने गरि काम भइरहेको उहाँको भनाइ छ ।

छलफलमा जनशक्ती ब्यबस्थापन, जग्गा मुल्यांकन निर्धारण, वास्तविक सुकुम्बासीको पहिचान लगायत बारे सुझाब संकलन तथा अन्तरक्रिया भएको जनाइएको छ ।

प्रकाशित मिति : २६ पुष २०८०, बिहीबार ०५:३१

प्रतिक्रिया दिनुहोस्