तिनपाटनको तोस्रामखोलामा लोक सांस्कृतिक कार्यक्रम सम्पन्न

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिकाको आयोजना तथा तिनपाटन गाउँपालिका वडा नम्बर –७ वडा समितिको ब्यबस्थापनमा स्थानिय लोक संस्कृतिको संरक्षण तथा प्रवर्दनको निम्ती लोक सांस्कृतिक कार्यक्रम –२०८० तोस्रामखोलाको कालिमाटीमा सम्पन्न भएको छ ।

तिनपाटन गाउँपालिका वडा नम्बर –७ का वडाध्यक्ष युबराज पहाडीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरको प्रमुख आतिथ्यतामा लोक सांस्कृतिक कार्यक्रम सोमवार सम्पन्न भएको हो ।

लोक सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै तिनपाटन गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी कर्णवहादुर थापा मगरले यस्ता सांस्कृतिक कार्यक्रमले स्थानिय संस्कृति र परम्पराको जगेर्णा तथा प्रवर्दन गर्न थप सहयोग पुग्ने धारणा ब्यक्त गर्नुभयो ।

उहाँले तोस्रामखोलाको कालिमाटी लगायत पालिकाका अन्य सम्भाबित क्षेत्रलाइ आधार बनाएर कृषी, पर्यटन, सडकसंजाल लगायतका बिकासका अन्य पुर्बाधारहरु निर्माण तथा थप व्यवस्थित वनाउनको निम्ति तिनपाटन गाँउपालिका प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

गाउँकार्यपालिका सदस्य, जनप्रतिनिधि, स्थानिय लगायतको उपस्थितिमा आयोजित सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती, प्रत्यक्ष दोहोरी, बासुरी बाध्यबाधन, नृत्य लगायतको प्रस्तुति रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार ०५:३५

प्रतिक्रिया दिनुहोस्