किशोर–किशोरीको लागी आधारभूत पत्रकारिता तालिम सुरु

सिन्धुली – दुधौली नगरपालिका–३ मा किशोर–किशोरीको लागी आधारभूत पत्रकारिता तालिम आइतबारबाट सुरु भएको छ । ३ नम्बर वडा कार्यालयको सहयोगमा सर्वदा सञ्चार प्रा.लि. ले आइतबारदेखि तीन दिने तालिम सुरु गरेको हो ।

तालिमको उद्घाटन वडाअध्यक्ष भद्रा कुमारी माझीले गर्नुभएको । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै किशोर–किशोरीहरुलाई थप नेतृत्व विकासका लागि यस किसिमका तालिम गोष्ठीहरु आवश्यक रहेको बताउनुभयो ।

किशोर–किशोरीलाई तीन दिने आधारभूत पत्रकारिता तालिम सफलताको शुभकामना व्यक्त गदैँ उहाँले भन्नुभयो, ‘यो तालिम लिएर पत्रकार नै बन्नु पर्छ भन्ने छैन । समाजमा भएका घटनालाई प्रभावकारी रुपमा बाहिर ल्याउन र आम-सञ्चारको प्रभावकारी प्रयोग गरेर वडाको विकासमा सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

आगामी दिनमा पनि स्थानीय किशोर किशोरीको क्षमता अभिवृद्धिका लागि वडाले निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । सर्वदा सञ्चार प्रा.लि. की अध्यक्ष राधिका बुढाथोकीको अध्यक्षतामा सुरु भएको तालिममा प्रशिक्षक पुष्कर थापा र अनिल भण्डारीले प्रशिक्षण दिइरहनु भएको छ भने विन्दा थापाले सहजिकरण गरिरहनु भएको तालिमको उद्घाटन समारोहमा वडा सचिव मोहन बहादुर लामाले स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार १६:२१

प्रतिक्रिया दिनुहोस्