अपाङ्गता भएका १६७ जनालाई दौरासुरुवाल र गुन्युचोलिद्वारा सम्मान

गोलन्जोर । सिन्धुलिकाे गाेलन्जाेर गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ । साेमवार एक कार्यक्रमका बिच गाउँपालिका भित्र रहेका १६७ जना पुर्ण तथा आंशिक रुपमा अपांगता भएका व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

पुरुषलाई दाैरा सुरुवाल र महिलालाई गुन्युचाेलि लगाएतका सामाग्री प्रदान गरि उहाँहरुलाई सम्मान गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत असाेक दर्जिले बताए । समाजमा उहाँहरुकाे क्षमता अभिवृद्धिका निमित्त र आत्मबल बढाउन सम्मान गरिएकाे गाउँपालिका प्रमुख पुष्पबहादुर कार्किले बताए ।

उनले गोलन्जोर गाउँपालिकाले गरेकाे काम लक्षितवर्गले प्रत्यक्ष महसुस गर्ने खालकाे हुनेमा जाेड दिदै सबै बर्गलाई समेटेर गाउँपालिकाले नीति कार्यक्रम ल्याएको र सबैको यसमा प्रत्यक्ष सहभागिता हुने कुरामा बिश्वास ब्यक्त गरे ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १७:३४

प्रतिक्रिया दिनुहोस्