सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १ स्थित श्री जनज्योती प्राथमिक विद्यालय कोप्चे गुराँसेमा कार्यरत एक शिक्षक परस्त्रीसंग संकास्पद अवस्थामा भेटिएपछी उक्त शिक्षक र महिलालाई स्थानियले प्रहरीको जिम्मा लगाएका छन ।

जनज्योती प्राथमिक विद्यालयमा कार्यरत शिक्षक नवराज कार्कीलाई कमलामाई नगरपालिका– ६ स्थित रातमाटा घर भएकी एक महिलासंग संकास्पद अवस्थामा रातको समयमा भेटिएपछी स्थानिय र उनै महिलाका श्रीमान्ले जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई विहिवार राती जिम्मा लगाएका हुन ।
भोजपुर पुर्खौली घर भएका नयन्द्र विष्ट विगत १७ वर्षदेखी बैदेशिक रोजगारीको सिलशिलामा दुबईमा वस्दै आएका छन् । उनले पारिवारकै सर–सल्लाह र सहयोगमा पन्ध्र बर्ष अघि कमलामाई नगरपालिका– ७ खैरेनी स्थित उनै महिला संग मागी विबाह गरेका थिए ।

विबाह भएको करिव १५ महिना पछी उनि पुनः बैदेशिक रोजगारिको सिलसिलामा दुवई गए । राम्रो कम्पनीमा काम भएकोले आफुले सोचेजस्तै कमाई भएको र आफु केहि वर्षको अन्तरमा स्वदेश आउदै–जादै गरेको नयन्द्र विष्टले सुनाए ।
आफुले ७० डिग्रीको तापक्रममा श्रम गरेर भएपनी उनकी श्रीमतीको माईती र बसाई सिन्धुलीमै भएकोले उनले कमलामाई नगरपालिका –६ रातमाटामा केहि बर्ष अघि घडेरी किनेर दुई तलाको घर बनाएका छन ।

आफुले किनेको घर घडेरी जिबन–विमा सवै श्रीमतीको नाममा गरेका नयन्द्र विष्टले अघिल्लो वर्ष चैतमा नेपाल आउदा आफ्नी श्रीमतीको अरु नै कुनै परपुरुषसंग सम्वन्ध भएको भेउ पाए ।
जसको कारण गएको भदौ महिनामा नेपाल आएर विष्टले श्रीमतीसंग सम्वन्ध विच्छेदको निवेदन जिल्ला अदालतमा पेश गरेका थिए । तर, श्रीमती तथा उनको माईती पक्षले भएगरेका गल्ति नदोहा÷याउने र छोरीलाई सम्झाउने भनेर मिलापत्र भएपछी उनले सम्वन्ध विच्छेदको निवेदन फिर्ता लिई उनि पुनः विदेशिएका थिए ।

विष्ट दम्पतीको एक छोरा समेत छन् । तर, उनि भन्छन्, ‘यती सवै भएर पनि श्रीमतीको व्यवहार अझै सच्चिएको रहेनछ ।’ नाम नखुलाउने शर्तमा एक स्थानियले भने उक्त महिलाकोमा उक्त शिक्षक कार्की सधैजस्तो रातको समयमा आउने गरेका थिए ।
केहि समय अघि स्थानिय टोल सुधार समिति रातमाटाले समेत उक्त महिला र शिक्षक कार्कीलाई वैठकमा राखी यस्तो अनैतिक र गलत गतिविधि नगर्न सुझाएको समिति सदस्यको भनाई छ । सुधार समितिका सदस्यका अनुसार स्थानियले कयौं पटक उक्त महिला र पुरुषलाई संकास्पद अवस्थामा भेटेको थियो ।

आफ्नो श्रीमती परपुरुष संग लागेको आशंकामा बैदेशिक रोजगारीको शिलसिलामा दुवई रहेका उक्त महिलाका श्रीमान् विष्ट बिहिवार श्रीमती, छोरो, परिवार, आफन्त तथा छिमेकी कसैलाई पनि थाहा नदिई नेपाल आए ।
नेपाल आई सिधै घर आएका विष्ट उक्त आरोपित पुरुष घरमा आउँछ भन्ने आशंकाले कसैलाई थाहा नदिई घरको माथिल्लो सिढीमा लुकेर बसे । सोही क्रममा उनको श्रीमती र एक पुरुषसंग फोनमा कुराकानी भयो ।

फोनमा कुरा भएको केही समय पछी उक्त शिक्षक कार्की मोटरसाईकल घरभन्दा अलि पर राखेर करिव रातको ९ सवा नौं वजेतिर घरमा आएका थिए । उक्त पुरुष घरमा आएपछी कोठाको चुकुल लगाएर वक्ति निभाई दुईजना बसेको प्रत्यक्षदर्शी उनका श्रीमान् विष्टको भनाई छ ।
कोठाको वत्ति निभाईसकेपछी आफुले सिढीबाट ओर्लिएर ढोकाको वाहिरी चुकुल लगाईदिएको र स्थानियको सर–सहयोगमा प्रहरीलाई बोलाई दुवैजनालाई प्रहरीको जिम्मा लगाईदिएको विष्टले वताए ।

नयन्द्र विष्टले आफुले कमाएको सवै श्रीसम्पती श्रीमतीको नाममा भएको, तर अहिले जग्गाधनी पुर्जा, जोडेको सुनचादि, आफुले विदेशबाट पठाएर बैंकमा जम्मा गरेको पैसा केहिपनी घरमा र श्रीमतीसंग नभएको बताउछन् ।
आफुले कमाएको सम्पती र जोडेको सर–सामान तथा नगद आफुले पाउनुपर्ने सम्पती आफ्नो नाममा हुनुपर्ने, श्रीमती संग सम्वन्ध विच्छेद पाँउनुपर्ने लगाएतको माग रहेको जनाँउदै उनले कानुनि राज्य भएकोले आफुलाई न्याय दिलाईदिन प्रहरी र स्थानिय समक्ष माग समेत गरेका छन ।

यता, शिक्षक कार्कीको श्रीमती र दुई छोराछोरी छन् । शिक्षक कार्कीकी श्रीमतीले भने आफुलाई शंका लागेको उक्त कुरा गर्दा श्रीमान्ले विगतमा यातना दिने गरेको वताउदै आफु श्रीमान्संग वस्न नसक्ने उनको भनाई छ ।









