क.न.पाको कार्यालयमा बालबालिकाको बिरोध प्रदर्शन

सिन्धुली । प्राथमिक बिधालय धाप्सार बेसारेका बिद्यार्थी बालबालिकाले कमलामाइ नगरपालिकाको कार्यालयअघि बिरोध प्रदर्शन गरेका छन ।

कमलामाइ नगरपालिका -८ स्थित प्राथमिक बिधालय धाप्सार बेसारे बिधालयलाई माध्यामिक बिधालय सिलामेमा गाभिने खबर सुनेपछी प्राबी धाप्सारका बिद्यार्थी बालबालिका, अविभाबक र शिक्षकले नगरपालिकाको कार्यालय अघि बिरोध प्रदर्शन गरेका हुन ।

बिधालयका प्रधानाध्यापक सागरमणी पोखरेलले बिधालयलाई कुनै लिखित या मौखिक जानकारी नदिइकन नगरपालिकाले अर्को बिधालयसङ्ग गाभेको भन्ने खबरले बालबालिका र अबिभाबक बिरोधमा उत्रिएको बताए ।

हाल बिधालयमा ४६ जना बिद्यार्थी अध्यनरत छन । २०४७ सालबाट संचालनमा आएको प्राबी धाप्सारमा अहिले कक्षा ३ सम्म पढाइ हुने गर्दछ । तीन जना स्थाइ शिक्षक रहेको प्राबी स्कुल र साना बालबालिका अध्ययन क्षेत्र रहेकोले बालबालिकालाइ अन्यत्र स्कुल जान आउन समस्या हुने हुँदा बिधालय मर्च नगरियोस भन्ने बिधालयको माग रहेको प्रधानाध्यापक पोखरेलले बताए ।

यता, कमलामाइ नगरपालिकाले न्यून बिद्यार्थी संख्या भएका केहि बिधालयलाई स्कुलको शिक्षा गुणस्तर, भौतिक संरचना, बिद्यार्थी संख्या र ब्यबस्थापनलाई ध्यानमा राखेर अर्को स्कुलमा मर्च गरिने निर्णय गरेको छ ।

नगपालिकाका मेयर खड्गबहादुर खत्रीले बिद्यार्थी बालबालिकाको धर्ना सुनियोजित भएको उल्लेख गरे । कोभिड -१९ को लामो समय लकडाउनमा गुज्रीएको उल्लेख गर्दै खत्रीले आफू नभएको समयमा अबोध बालबालिकालाइ नगरपालिका अगाडी ल्याएर बिरोधको नाममा बिधालयले तमासा देखाएको बताए ।

कमलामाइ नगरपालिकाले धाप्सार बेसारे लगायत अन्य १२ बिधालय अन्य स्कुलमा गाभिएको र गाभिएका सबै स्कुल अध्ययन गरेर मात्रै नगरपालिकाले निर्णय गरेको मेयर खत्रीले बताए । साना बालबालिका भन्दा बाहेक अलि ठुला भएका बिद्यार्थी बालबालिका सिलामे माबीमा पढ्न आउने गरेको उनले बताए ।

उक्त बिधालयका शिक्षक दैनिक बिधालयमा हाजिर नहुने, बिद्यार्थी स्कुलमा आउन/नआउँन बिधालयले मतलब नगर्ने अनि अर्को स्कुलमा बिधालय गाभिएको खबरले आफू कार्यालयमा नभएको समयमा बिरोध प्रदर्शन गरिनु दु:खद भएको मेयर खत्रीले बताए ।

खत्रीले बिधालय र बिद्यार्थीको अबस्थालाई पुनर्बिचार गरेर विद्यार्थीको हकहितको लागी नगरपालिकाले जुनकुनै निर्णय गर्ने उल्लेख गर्दै आफू कार्यालयमा आएको बेला बिधालयको ब्यबस्थापन पक्षलाई छलफलमा आउन आग्रह गरे ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आईतवार १२:२४

प्रतिक्रिया दिनुहोस्