सिन्धुली – नवज्योति बहिरा माध्यामिक विद्यालय जसेदमारका बिद्यार्थीलाई वसन्त पञ्चमि अर्थात सरस्वती पुजाको अबसर पारेर बुधबार दुग्धजन्य पदार्थ, खाजामा दुग्ध पदार्थ, अण्डा लगायतको दिवा भोजन गराइएको छ ।
जिल्ला पशु सेवा कार्यालयको आयोजना तथा नेपाल डेरि एसोसिएसन जिल्ला शाखा सिन्धुलीको समन्वयमा सरस्वती पूजाको अवसर पारेर विद्यालयमा अध्यनरत विद्यार्थीलाई दिवाखाजा भोजन गराउदै विद्यार्थी तथा अभिभावकको उपस्थितिमा सरस्वती माताको पुजा-आरधाना गरिएकाे हाे ।
कार्यक्रममा पशु सेवा कार्यालयका प्रमुख प्रभात न्याैपाने, नेपाल डेरी एसाेसिएसन जिल्ला शाखा सिन्धुलीका अध्यक्ष बलराम अधिकारी, विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष तथा कमलामाई नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापा लगायत बिधालयमा कार्यरत शिक्षक अभिभावक तथा विद्यार्थीकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रमकाे उदेश्य प्रष्ट पार्दै पशु सेवा कार्यालयका प्रमुख न्याैपानेले दुग्धजन्य पदार्थको जानकारीसंगै उपभाेगमा वृद्धि गर्नुपर्ने बताउदै विषेशत: खाद्य स्वच्छता लाई ध्यान दिदै दैनिक उपभाेगमा दूग्धजन्य पदार्थ र माछामासु अण्डालाई सेवन गर्नुकाे फाईदावारे जानकारी दिए ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष उज्ज्वल कुमार थापाले कार्यक्रम एकदमै फलदायी, औंचित्य पुर्ण र सान्दर्भिक भएकाेले पशु सेवा र डेरी एशाेसियसनलाई धन्यवाद ब्यक्त गरे । यस्ता कार्यक्रमले बिद्यार्थीमा अभिभाबकत्व बाताबरण सृजना गर्ने उनको भनाइ छ ।
त्यस्तै, नेपाल डेरी एशाेसियसन जिल्ला शाखा सिन्धुलीका अध्यक्ष बलराम अधिकारीले दुग्ध जन्य पदार्थको उत्पादन उपभाेगलाई विद्यार्थी माझ जानकारी दिदै अन्य खानेकुरा भन्दा पाैष्टिकताकाे हिसाबले उत्कृष्ट पाैष्टिक तत्व दुधलाई दैनिक सेवन गर्न विद्यार्थीलाई अनुराेध गरे ।
शारिरिक मानसिक वृद्धि विकासका लागि दुध र दुग्धजन्य पदार्थको महत्ववारे प्रष्ट पार्दै अध्यक्ष अधिकारिले माछा मासु र अण्डालाई पनि सेवन गर्नुपर्ने र त्यसको उपभोग र फाईदा वारे कार्यक्रम मार्फत प्रस्ट्याए ।