सिन्धुलीका २१ हजार ७४ बालबालिकाले दादुरा-रुबेला खोप लगाउदै

सिन्धुलीदादुरा-रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १५ गते देखि १९ गतेसम्म सिन्धुलीमा दादुरा-रुबेला खोप अभियान सञ्चालन गरिने भएको छ । 

अभियान अन्तर्गत सिन्धुली जिल्लाका २१ हजार चौहत्तर बालबालिकालाई खोप लगाइने शुक्रबार पत्रकार सम्मेलन मार्फत जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका खोप निरिक्षक पुष्पराज पन्तले जानकारी दिए ।

बालबालिकालाई जिल्लाका विभिन्न स्थानिय तहका तिन सय ४७ खोप केन्द्रबाट खोप लगाइने ब्यबस्था गरिएको निरीक्षक पन्तले जानकारी दिए ।
 
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने पत्रकार सम्मेलन मार्फत जानकारी गराउदै खोप निरिक्षक पन्तले जिल्लाका नौ वटै स्थानिय तहका ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियानमा सहभागी हुने उनको भनाइ छ ।

जिल्ला स्थित ९ वटै पालिकामा एकैसाथ फागुन १५ देखि १९ गतेसम्म संचालन हुने खोप अभियानमा ३४७ जना स्वास्थकर्मी र ६९४ जना स्वयंसेवक परिचालन हुनेछन ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १३:२५

प्रतिक्रिया दिनुहोस्