सिन्धुलीमा दादुरा–रुवेला बिरुद्धको खोप अभियान शुभारम्भ

सिन्धुली – सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरि देशब्यापी रुपमा आयोजना गरेको खोप अभियानको सिन्धुलीमा एक औपचारिक कार्यक्रम बिच मंगलबार शुभारम्भ गरिएको छ ।

“दक्ष जनशक्ति गुणस्तरीय स्वास्थ्य सेवा, निरोगी नेपाल निर्माणमा हाम्रो टेवा” भन्ने मुल नाराका साथ आयोजित २६ औं स्वास्थ्य सेवा दिवसको अबसर पारेर सिन्धुलीमा खोप अभियानको शुभारम्भ गरिएको हो ।

कमलामाइ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केम थापालाई जिल्ला समन्वय समिती सिन्धुलीका प्रमुख कारसाङ लामाले खोप सामाग्री हस्तान्तरण गर्दै दादुरा–रुवेला खोप अभियानको औपचारिक रुपमा शुभारम्भ गरिएको हो ।

सिन्धुलीमा आज १५ गते देखि १९ गतेसम्म दादुरा-रुबेला बिरुद्धको खोप अभियान सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका खोप निरीक्षक पुष्पराज पन्तले जानकारी दिए ।

जिल्लाका २१ हजार चौहत्तर बालबालिका दादुरा–रुवेला बिरुद्धको खोप अभियानमा सरिक हुदैछन भने जिल्लाको विभिन्न स्थानिय तहका तिन सय ४७ खोप केन्द्रबाट खोप अभियान संचालन हुनेछ ।
 
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने जानकारी गराउदै निरिक्षक पन्तले जिल्लाका ९ वटै स्थानिय तहका ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियानमा सहभागी हुनेछन ।

जिल्लाभर एकैसाथ १९ गतेसम्म संचालन हुने खोप अभियानमा ३४७ जना स्वास्थकर्मी र ६९४ जना स्वयंसेवक परिचालन हुनेछन ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार ०५:४०

प्रतिक्रिया दिनुहोस्