चिनको वुहान सहरबाट सुरु भएको कोरोना भाईरस (कोभिड -१९) बिश्वभरी सुरु भई कोरोना हाल बिश्वब्यापी प्रकोपको रुपमा फैलिएको छ र आज बिश्व नै कोरोनाको संक्रमणमा चुर्लुम्म डुबिरहेको छ ।
आजको दिनसम्म आईपुग्दा बिश्वमा कोरोना भाइरस माहामारीको संक्रमणबाट ज्यान गुमाउनेको संख्या साढे ९ लाख भन्दा बढी पुगेको छ । कोरोना संक्रमणको अवस्थाले सम्पुर्ण जनमानस त्रासयुक्त भयकाछन् । सिंगो देश र मानिस नै आपतकालीन अवस्थाबाट गुज्रिनुपरिरहेको छ ।
त्यसमा पनि शारीरिक रुपमा कमजोर भएका अपाङ्ग, बालबालिका, वृद्ध, दीर्घरोगीहरुलाई यो परिस्थितिले झनै असर पारेको छ । अन्य ब्यक्तिहरुका तुलनामा अपाङ्गता भएका ब्यक्तीहरुमा आफैमा असजिलो समय हो यो ।
सिंगो देश र जनमानसहरु लकडाउनमा बाधिनुको साथै बड्दो संक्रमणसंग दिनानुदिन जुध्नु परिरहेको छ । हिजो सम्म तछाड मछाड गरि एकले अर्कोलाई घचेड्दै हिड्ने मानवहरु आज एक मानव अर्को मानव देखि नै त्रसित छन ।
पछिल्लो समयलाइ निहाल्ने हो भने नेपालमा पनि कोरोना संक्रमितको संख्या तिब्र गतिमा दिनप्रतिदिन बड्दो छ । आजको दिनसम्म आईरहदा कोरोना संक्रमितको संख्या ६२,७९७ भन्दा माथी छ र मृत्यु हुनेको संख्या ४०१ पुगिसकेको छ । यसरी बड्दो संक्रमणबाट अपाङ्गता भएका ब्यक्तिले अहिलेको यो परिस्थितिमा विभिन्न खालका समस्यासंग जुध्नु परेको छ ।
अपाङ्गता भएका ब्यक्तिहरुले दैनीक रुपमा प्रयोग गर्ने अति आवस्यक सहायक सामाग्रीको अभाव भइरहेको छ । कतिपय सामाग्रीहरु बिग्रेकाछन् तिनिहरुलाई नत मर्मत गर्न सक्ने अवस्था छ, नत नयाँ पाउने नै । यस्तै दैनिक रुपमा खानुपर्ने अति आवस्यक औषधिहरुको पनि अभाव छ ।
यसैपनी असजिलो समय यस्तो अवस्थामा आफुलाई कोरोनाबाट कसरी बचाउने यदि कोरोना लागिहाले पनि कसरी सुरक्षित रहने ? हस्पिटल, बेड्, ट्वाईलेट अन्य संरचनाहरु अपाङ्गमैत्री छैनन् । आईसुलेसन, क्वारेन्टाइनको लागी तयारी पारिएका स्थानहरुपनि अपाङ्गमैत्री छैनन् होला ।
यो अवस्थामा आफुलाई कोरोना लाग्यो भने कसरी सुरक्षित रहने कसरी बाच्ने त ? यसरी दिनदिनैको बड्दो संक्रमणले अपाङ्गता भएका ब्यक्तिमा झनै भयावह अवस्था सिर्जना नगर्ला भन्न पनि सकिँदैन ।
घर भित्रै बस्नु र एक ब्यक्तीले अर्को ब्यक्तीलाई न भेट्नु, न छुनु साबुन पानीले हात धुनु, मास्क लगाउनु, सेनिटाईजर गर्नु, भौतिक दुरि कायम गर्नु कोरोनाबाट बच्ने उपाय हो ।
तर, अपाङ्गता भएका ब्यक्तिले भौतिक दुरि कसरी कायम गर्दछन् जबकी अरुको सहाएता र सहयोगमा नै दैनिकी गुजार्नु परेको हुन्छ । कतिपय अपाङ्गता यस्ता पनि हुन्छन् उनिहरुलाई आफू र आफ्नो पहिचान समेत थाहा हुदैन । यस्तो अवस्थामा उनिहरु अरुकै भरमा दैनिकी बिताउने वा जिबिकोपार्जन गर्ने गर्दछन ।
परिवार अनि सहयोगीले चाहिँ उनिहरुसंग कसरी भौतिक दुरि कायम गर्न सक्लान त ? यस्तो परिस्थितिमा उनिहरु र उनिहरुको परिवारलाई के गर्न सकिन्छ ? कसरी सुरक्षित राख्न सकिएला त ?
सहयोगी बिना केही गर्न सकिदैन त्यसैले पनि आफुलाई कोरोना लागेमा सहयोगीलाई पनि लाग्ने सम्भावना रहेको हुँदा सहयोगीहरु पनि न आउने र नपाउने कारणले सहयोगी बिना आफुलाई धेरै गार्हो हुने अवस्था रहेको छ । उसै त अपाङ्गता भएकै आधारमा समाजले हेर्ने र सोच्ने धारणा नै कति फरक छ । झनै यस्तो अवस्थामा कोराना पनि लाग्यो भने कसरी हामीले के गर्ने ?
कसरी परिवार र समाजसंग सामना गर्न सक्छौ भन्ने कुराले झनै मर्माहित बनाउछ । यस्ता खालका प्रबिधिले गर्दापनि अपाङ्गता भएका ब्यक्तिहरुलाई मानसिक असर समेत पर्ने सम्भावना प्रबल रुपमा देखियको छ ।
अहिले देश भरी नै स्थानिय तहमा कोरोना आईसुलेसन हस्पिटल निर्माण कार्य सुरु भैरहेको छ । कतिपय ठाउँहरुमा त निर्माण कार्य सम्पन्न हुने लगभग तयारिमा नै छ भने कतिपय ठाउँहरुमा निर्माण तयारीको योजनाहरु हुदैछन् ।
विभिन्न स्थानमा आईसुलेसन र क्वारेन्टाईन बनाइएको छ र यस्तो अवस्थामा कोरोना संक्रमण भएका ब्यक्तिहरुलाई उपचार र आवस्यकता अनुरुप निगरानी राख्दा आईसुलेसन, क्वारेन्टाइनको ब्यवस्थापन गर्दा के कसरी गरियको छ ? अपाङ्गता भएका ब्यक्तिहरुको लागि विशेष योजना र तयारी गर्दा के त्यो अपाङ्गमैत्री संरचनाहरु निर्माण भएका छन त ?
यस्तो अवस्थामा राज्यबाट नै यी कुरालाई सम्बोधन गरि सबै आईसुलेसन भवन अपाङ्ग मैत्री हुनैपर्ने नीति नियम ल्याउने यदि नभएको खन्डमा स्थानीय तह वा सोही अनुरुपको सम्बन्धित निकायलाई कारबाही हुने खालको योजना बनाउन आवस्यक छ ।
यो परिस्थितिमा राज्य जिम्मेवार हुन जरुरी छ । र, अन्य सम्बन्धित निकायको पनि ध्यानाकर्षण हुनु आवस्यक छ ।
अपाङ्गता भएका ब्यक्तिका लागि बनाईएको संरचना सबैले प्रयोग गर्न सक्छन् तर, अन्य ब्यक्तिका लागि बनाईएको संरचनाहरु अपाङ्गता भएका ब्यक्तिहरुले प्रयोग गर्न सक्दैनन् ।
त्यसैले सकारात्मक सोचौं र सत्कर्म गरौं ! बिपत्तको बेला जो-कोही पनि जोखिममा पर्न सक्छन् । त्यसैले सबैले मिलि सबैका लागी सहयोग गरौं !! आफू बाँचौ र अरुलाई पनि बचाऔं ।।।
(धन्यवाद)
दिपा देबकोटा
– सिन्धुली अपाङ्ग महिला संघ