सिन्धुली – सिन्धुलीमा श्रीमानले कोदालोले हिर्काएर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर विकले बुधबार बिहान आफ्नी श्रीमती ३४ वर्षीया चेतकुमारी विकको हत्या गरेका हुन् ।

घरबाट एक किलोमिटर उत्तरमा पर्ने धन्सार स्थित खेतमा काम गर्ने क्रममा कोदालोले टाउकोमा प्रहार गर्दा श्रीमती चेतकुमारीको घटना स्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।
उनका अनुसार श्रीमतीको हत्या गर्ने बुद्धबहादुरलाई प्रहरी चौकी दुधौलीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको छ ।








