सिन्धुलीमा श्रीमतीले श्रीमानको जिब्रो टोकेर दुई टुक्रा बनाइदिएपछी

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका -६ रातमाटा बस्ने बर्ष ३६ का सुरेश आलेमगरले सामान्य घरायसी बिबादका कारण आफ्नै श्रीमतीबाट मानव संबेदनसिल अंग (जिब्रो) नै गुमाउनु परेको छ ।

आलेमगरकि श्रीमती गङ्गा आलेमगरले सामान्य घरायसी बिबादमा आफ्नो श्रीमानको जिब्रो टोकिदिदा जिब्रो दुई टुक्रा भएको छ ।

आफ्नै श्रीमतीले जिब्रो टोकिदिएर दुई टुक्रा बनाइदिएपछी आलेमगर अहिले थप उपचारको लागी धुलिखेल अस्पताल भर्ना भएका छन ।

तिनपाटन वडा नम्बर -६ स्थायी घर भएका सुरेश आलेमगरकी श्रीमती बर्ष ३४ कि गङ्गा आलेमगरले गएको सोमबार राती अन्दाजी आठ बजेको समयमा मादकपदार्थ सेवन गरि श्रीमानको जिब्रो टोकेर छिनालिदिएको जिल्ला प्रहरी कार्यालय सञ्चार शाखा सिन्धुलीले जनाएको छ ।

संचार शाखाले आलेमगर दम्पती दुबैले मादक पदार्थ सेवन गरि सामान्य घरायसी बिबादका कारण उक्त घटना घटेको जनाएको छ ।

सुरेश आलेमगर थप उपचारका लागी हाल धुलीखेल अस्पतालमा छन भने उनकी श्रीमती गङ्गा आलेमगर लाई प्रहरीले नियन्त्रणमा लिइ आबस्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार ०९:२६

प्रतिक्रिया दिनुहोस्