सिन्धुलीको तिनपाटनमा ४२ वर्षीया महिलाको शव फेला

सिन्धुली – सिन्धुलीमा गएराति एक महिलाको शव फेला परेको छ । तीनपाटन गाउँपालिका -४ बालाजोर गाउँको बाँसझ्याङमा स्थानीय ४२ वर्षीया खडकमाया भुजेलको शव भेटिएको प्रहरीले जनाएको छ । 

राति साढे ९ बजे स्थानीयले महिलाको शव भेटिएको जानकारी गराएपछि घटनास्थल पुगेको प्रहरीले उनका श्रीमान मार्फत् शवको पहिचान गराइएको प्रहरी निरीक्षक केशवकुमार कटुवालले जानकारी दिए ।

मृत अबस्था भेटिएकी भुजेल गत आइतबार कसैलाई नसोधी घरबाट निस्किएको परिवारले बताएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धान सकेर शव पोष्टमार्टम गरी उनका श्रीमानलाई बुझाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार ०३:४०

प्रतिक्रिया दिनुहोस्