बिष्णु बिकको अध्यक्षतामा लियो क्लब एन्ट्रप्रेनर नेपालको स्थापना

काठमाडौ । समाजिक क्षेत्रमा काम गर्ने उदेश्यले लियो क्लब एन्ट्रप्रेनर नेपालको स्थापना भएको छ । बिष्णु बहादुर विश्वकर्माको अध्यक्षतामा क्लब संचालनमा आएको आई टी प्रोग्राम म्यानेजर मनोज विश्वकर्माले जानकारी दिए ।

वेभ-मिनारबाट सम्पन्न भएको क्लबको उद्घाटन समारोहले प्रथम उपाध्यक्षमा सिकेन्द्र गुप्ता, उपाध्यक्षमा निरज जोशी र नवीन कुमार आउजी र क्लबको ब्रान्ड एम्बासोडोर मिलन तिमिल्सिना र पुष्पक अधिकारीलाई चयन गरेको छ ।

क्लबको प्रशासकिय जिम्मेबारीमा रुपक गौतम, रणनीति एम्बासोडोरमा सन्दीप गौतम, सचिवमा निलम चौधरी, कार्यकारी सचिवमा बिष्णु नेपाली, कोषाध्यक्षमा कल्पना ओली, सह-सचिवमा अशोक बि.क, सह-कोषाध्यक्षमा अनिशा पौडेल लगायतका पदाधिकारी चयन भएका छन ।  उक्त क्लबमा देशका विभिन्न ठाँउका ८० जना भन्दा बढी युवा सदस्यको सहभागिता रहेको छ ।

लायन्स क्लबका समेत पदाधिकारीले क्लबको सफल कार्य र भबिष्यका लागि शुभकामना दिएका छन । पुर्णतः सामाजिक सेवाभाबले स्थापना भएको क्लबले आफ्नो लक्ष अनुरुप निरन्तर सामाजिक क्षेत्रमा काम गर्ने संस्थापक अध्यक्ष बिष्णुबहादुर बिश्वकर्माले बताए ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार १५:३३

प्रतिक्रिया दिनुहोस्