सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिका -१ हत्पते गागनबाट लङ्गुरखोला महादेव मन्दिर दर्शन गर्न जादै गरको यात्रुबहाक बोलेरो दुर्घटना हुँदा बोलेरोमा सवार १२ यात्रु घाइते भएका छन ।
लङ्गुरखोला महादेव मन्दिर दर्शन गर्न दर्शनार्थी सवार प्र २-०४-००१ च ००५६ नम्बरको बोलेरो लङ्गुरखोला जाने भित्री सडक खण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
महोत्तरी गौशला नगरपालिका -११ बस्ने अन्दाजी वर्ष ४२ का विनोद कुमार यादवले चलाएको बोलेरो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५/२० फिट तल खसि दुर्घटना भएको हो ।
दुर्घटनामा महोत्तरी गौशला नगरपालिका -११ बस्ने अन्दाजी बर्ष ४२ का पवन यादव, सोही ठेगाना भएकी बर्ष ४० की ललिता देवी यादव, वर्ष ४० की राम कुमारी महतो, वर्ष ७५ का रामएकचाल सिंह, वर्ष ५० की विवा कुमारी सिंह, वर्ष ४० की चन्द्र कुमारी सिंह, वर्ष ३५ की निलम यादवको टाउको, ढाड हात खुट्टामा चोट लागेको र निज घाइतेको हरुको बर्दिबास स्थित जनसेवा अस्पतालमा उपचार भईरहेको प्रहरी निरीक्षक केशव कुमार कटुवालले जानकारी दिए ।
सोही दुर्घटनामा परि धनुषा मिथिला नगरपालिका -६ बस्ने बर्ष २० का धिरज सिँह, बर्ष ३० की सोभा सिँह, बर्ष २४ की मञ्जु सिंह, बर्ष २१ की अन्जु सिंह र बर्ष ५० का राम अबतार महत्तो सामान्य घाइते भएका छन उनिहरुको भिमान स्थित आरएनके पोलिक्लिनिकमा उपचार भईरहेको छ ।
सवारी चालक लाई प्रहरीको नियन्त्रणमा लिएको र दुर्घटनाबारे थप अनुसन्धान कार्य भईरहेको प्रहरिले जनाएको छ ।