कमलामाई नगरपालिका १२ का पन्ध्र भुमीहिनलाई लालपुर्जा बितरण

सिन्धुली – कमलामाइ नगरपालिका -१२ का पन्ध्र घरपरिवार दलित भुमिहिन तथा भुमीहिन सुकुम्बासीलाई आइतबार जग्गाधनी (लालपुर्जा) बितरण गरिएको छ ।

जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको प्रमुख आतिथ्यतामा कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा वडाभित्रका १५ दलित भुमिहिन तथा भुमीहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा र १११ घरपरिवारलाई जग्गा नापजाँचको निस्सा वितरण गरिएको हो ।

भूमिहीन तथा सुकुम्बासी समस्या समाधानका लागि गठित आयोगले नगरपालिकामा स्थायी लालपुर्जा वितरण गर्ने कार्य अघि बढाए संगै दोश्रो पटक कमलामाइ नगरपालिकाको -१२ नम्बर वडामा जग्गाधनी पुर्जा बितरण गरिएको भुमी आयोगकी टोलि प्रमुख प्रकृति मगरले जानकारी दिइन ।

उनका अनुसार यस अघि कमलामाइ नगरपालिका वडा नम्बर -७ मा सुकुम्बासी दुई घरपरिवार र दलित भुमिहिन ६ परिवारलाई गएको असोज १८ गते जग्गाधनी लालपुर्जा बितरण कार्य गरिएको थियो ।

सोहि अनुसार कमलामाइ नगरपालिकाको वडा नम्बर -१२ मा १२ सुकुम्बासी घरपरिवार र ३ दलित भुमिहिन परिवार गरि १५ घरपरिवारलाइ जग्गाधनी पुर्जा बितरण कार्य सम्पन्न गरिएको हो ।

अहिले कमलामाइ नगरपालिकाले जग्गाको नाप–जाँच, लगत संकलन र संकलित लगतलाई आयोगको सफ्टवेयरमा प्रविष्ट गर्ने लगायतका कामहरू गरिरहेको जनाउदै कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले भरसक आउने भदौ महिना सम्ममा नगरपालिका भित्रका सबै भुमिहिन सुकुम्बासीले लालपुर्जा पाउने गरि काम भइरहेको बताए ।

नगरप्रमुख पोखरेलका अनुसार नगर क्षेत्रका अन्य वडाका भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जति सक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गरिने पनि प्रतिबद्धता समेत ब्यक्त गरे । 

उहाँले आबस्यक जनशक्ति ब्यबस्थापनको लागी राष्ट्रिय भुमी आयोगसंग समन्वय भइरहेको जनाउदै कमलामाइ नगरपालिका भित्रका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा र बसोबासी ब्यबस्थापन एथासक्य सक्ने गरि काम भइरहेको उहाँको भनाइ छ ।

आफूले थाहा पाएदेखि नै अर्काको जग्गामा छाप्रो हालेर जीवन गुजारा गर्दै आएका वडाका कयौं परिवारले आफुले भोगचलन गर्दै आएको लालपुर्जा पाएपछि भूमिहीनहरू भने खुसी भएका छन् । 

वडाध्यक्ष भिम बहादुर गुर्मछानका अनुसार १२ नं वडामा २६६ नं कित्ता नापजाच गरिएको छ । लालपुर्जा वितरण समारोहलाई सम्बोधन गर्दै समन्वय प्रमुख लामाले नगर क्षेत्रका भूमिहीनका समस्या समाधानका लागि कमलामाइ नगरपालिकाले गरेको यो सत्प्रयास अन्य पालिकाका लागिसमेत प्रेरक र अनुकरणीय भएको धारणा व्यक्त गरे । उहाँँले भने, “लालपुर्जाले भूमिहीनको आत्मसम्मान वृद्धिका साथै आत्मनिर्भर हुन मद्दत पुग्ने छ ।” 

कार्यक्रममा नगर उप-प्रमुख मन्जु देबकोटाले सार्वजनिक जग्गा संरक्षण तथा भूमिहीन सुकुमवासीलाई सम्पत्तिको स्वामित्व दिलाउने कार्यलाई कमलामाइ नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताइन ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार १३:५५

प्रतिक्रिया दिनुहोस्