आगलागीबाट रामेछाप टारगाउँका २६ घर-गोठ जनेर नष्ट

रामेछाप – रामेछाप नगरपालिका वडा नं ९ टारगाउँमा बिहिबार दिउँसो लागेको आगलागीबाट २६ घर गोठ जलेर नष्ट भएका छन ।

वडा नं ९ का वडाअध्यक्ष चन्द्र श्रेष्ठका अनुसार उक्त गाउँका २६ घर गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागी अनियन्त्रित भइ १४ वटा घर र १२ वटा गोठ जलेर नष्ट भएको छ ।

आगलागीका कारण घरमा रहेको धनमाल, अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको छ । गोठमा बाँधिएका भैँसी, गोरु र ५० वटा भन्दा बढी खसी, बाख्रा आगोले जलेर मरेको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिए । आगलागीबाट घरबार बिहीन भएका स्थानियहरु भने खुल्ला आकाश मुनि रात कटाउनुपर्ने स्थितीमा रहेका छन ।

बस्ने घर, खाने अन्न र ओढ्ने कपडा सबै जलेर खरानी भएपछि उनिहरु निकै पिँडामा छन । बस्ती नजिकैको जंगलबाट गाउँमा प्रवेश गरेको आगोले क्षती गरेको हो । बाक्लो बस्ती रहेको टारगाउँका अधिकांश घरहरु जलेको अवस्थामा छन । आगोलागीबाट मानविय क्षती नभए पनि भौतिक र पशुचौपायामा धेरै क्षती पुगेको छ ।

टारका स्थानियहरु रामेछापको बिहीबारे हाटमा आएको समयमा आगलागी भएकोले धेरै क्षती भएको वडाअध्यक्ष श्रेष्ठले बताए । आगालागी नियन्त्रणको प्रयास भने भइरहेको उनको भनाइ छ ।

नेपाली सेना, डिभिजन वन कार्यालयका अग्नी नियन्त्रक टोली, मन्थली नगरपालिकाको दमकल र स्थानिय नागरीकहरु आगो नियन्त्रणमा जुटे पनि आगो भने अझै पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार १६:३९

प्रतिक्रिया दिनुहोस्