हराइरहेकी १९ बर्षिया किशोरी गोरखनाथ जंगलमा मृत भेटीइन

काठमाडौं – सिन्धुली घर भएकी बर्ष १९ कि एक किशोरी काठमाडौंको पशुपति मन्दिर नजिक जंगलको रुखमा झुण्डिएको अबस्थामा मृत अबस्थामा भेटिएकी छिन ।

गोरखनाथ मन्दिरमाथिको जंगलमा सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा आज बिहान फेला परेको गौशाला प्रहरी वृत्तका डिएसपी केशव थेवेले बताए ।

उनले भने, `आज बिहान मर्निङवाक गर्न जानेहरुले रुखमा झुण्डिएको अबस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव रुखमा झुण्डिएकाे अवस्थामा फेला परेकाे थियाे ।’

थेवेका अनुसार प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेकाे हुनसक्ने देखिएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे उनले बताए ।

मृत अबस्थामा भेटिएकी सुस्मिता अघिल्लो दिनदेखी परिवार र आफन्तको सम्पर्क बाहिर थिइन । घरमा एक प्रेस नोट लेखी छोडेर उनी घरबाट निस्किएको र सम्पर्क बाहिर रहेको परिवारले जनाएको छ । सिन्धुली घर भएकी उनी बालुवाखानी, कपनमा बस्ने गर्थिन् ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार ०३:५०

प्रतिक्रिया दिनुहोस्