सिन्धुली – सिन्धुली सदरमुकाम मानिने सिन्धुलीमाढीको गैरिबजारमा एउटा बर्षौ पुरानो झोल ममको पसल छ, इन्द्रदाइको मम पसल ।
सटरमा चप्पलजुत्ता बिक्री बितरण गरिन्छ भने त्यसै सटरको प्यासेज र भित्री सटरमा मम पसल संचालन गरिन्छ । प्यासेजमा २/३ थान काठको टेबल कुर्ची राखिएको छ भने टेबलकुर्ची राखिएको छेवैमा मम बनाइने गरिएको छ ।
बस्ने ठाउँ पर्याप्त नहुदा र जिल्लामै उक्त स्वादको झोल मम नपाइने हुँदा पनि इन्द्रदाइको मम पसलमा ग्राहकको भिड लाग्ने गर्दछ । मम पारखीले मम खान पालो कुर्नुपर्ने बाध्यता इन्द्रदाइको मम पसलको विशेषता हो भने दिउसोको करिब ४ बजे पछि मम नै पाइदैन सक्किसकेको हुन्छ ।’
जे होस सिन्धुलीको झोल मम भन्नेसाथ इन्द्र दाइको मम पसल भनेर चिन्ने गरिन्छ । बसेर मम खान समय र स्थानको अभाब हुने भएकोले प्राय ग्राहकले मम प्याक गरेर आफ्नो अनुकुलको ठाउँ अफिस, घर, पसलमा मम लिएर जाने गरेका छन ।
त्यती मात्रै नभएर प्राय बिधालयमा अध्यनरत बालबच्चाहरु लाई अभिभावकहरुले त्यहिको मम प्याक गरेर टिफिनमा राखेर लग्दिने गरेका छन ।
यसै सिलसिलामा आइतबार दिउँसो इन्द्रदाइको मम पसलबाट पसल नजिकै रहेको एक लाइफ इन्स्योरेन्सका स्टाफहरुले खाजाको निम्ती झोल मम प्याक गरेर अफिस लिएर आए ।
बसेर खाने ठाउको अभाब र भिडभाडका कारण कार्यालयको काम गर्दै नास्ता खाने उदेश्यले उक्त इन्स्योरेन्सका कर्मचारिले तीन प्लेट मम प्याक गर्न लगाए र अफिसमा लिएर आए ।
सबै जना बसेर खाने सिलसिलामा एक स्टाफले खादै गरेको मममा लार्भा किरा जस्तो देखियो । उक्त मममा किरा रहेको देखेपछी उनले त्यो मम छोडेर पानीले मुख कुल्ला गरेको अंकपत्रलाई सुनाइन । पानीले कुल्ला गर्नासाथ आफुलाई बान्ता भएको उनले जनाइन ।
उनिमात्रै होइन उनी सङ्गै मम खाने सबैलाइ अहिले वाकवाकी लाग्ने, बान्ता हुने र पेट दुख्ने जस्तो स्वास्थ्य समस्या भएको सुनाउछन । इन्द्र दाइको मम पसलमा हदैसम्मको लापरबाही भएको उनले प्रतिक्रिया दिइन ।
मम खाने क्रममा टोलीका एक सदस्यको थालमा किरा भेटियो । किरा भेटिएपछी सबैले खाँदै गरेको मम छोडे । यसले, सिन्धुलीका नाम चलेका रेस्टुरेन्टहरु सरसफाइ र जनस्वास्थ्यमा कति संवेदनशील छन् भन्ने भनेर प्रष्ट्याउँछ ।









