सिन्धुली – बृहत विद्यालय सुरक्षा कार्यढाचा सम्बन्धि तिन दिने तालीम सिन्धुलीमाढीमा शनिवार सम्पन्न भएको छ । बृहत् विद्यालय सुरक्षा न्यूनतम् प्याकेजले गरेको व्यवस्था अनुरूप विद्यालयमा भौगोलिक क्षेत्रका सार्वजनिक विद्यालयको न्यूनतम् सुरक्षा सुनिश्चित गर्न विद्यालय ब्यवस्थापन समितिको भूमिका र जिम्मेवारीबारे स्पष्ट पार्न र कार्यान्वयन गर्न सहयोग गर्ने उद्देश्यले तालीम संचालन भएको हो ।
तालीममा सहभागी बिधालयका प्रधानाध्यापन र बिधालय ब्यबस्थापन समितीका प्रतिनिधिहरुले विद्यालय सुधार योजना प्रक्रिया र विद्यालयमा हुने सम्भावित जोखीमको पहिचान गरी विद्यालय सुधार योजनामा समावेस गर्नु पर्ने बुदालाई विद्यालय सुधार योजनामा समावेश गर्ने प्रतिवद्धता गर्नु भएको हो ।
प्लान इन्टरनेशनल नेपालको सहयोग, कमलामाई नगरपालिका, दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र मरिण गाउँपलिकाको समन्वयमा मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपाल सिन्धुलीको आयोजनामा तालिम संचालन भएको थियो ।
चार पालिकाका १३ विद्यालयका प्रधानाध्यापक र विद्यालय ब्यवस्थापन समितिको प्रतिनिधिहरु २६ जनाको सहभागीतामा तालीम सम्पन्न भएको छ । तालीमको समापन सत्रमा सहभागी कमलामाई नगरपालिका शिक्षा शाखा अधिकृत हित कुमारी पौडेल, दुधौली नगरपालिका शिक्षा सहजकर्ता लाल बहादुर कार्की, मरिण गाउँपालिकाका शिक्षा शाखा प्रमुख नबराज बराल र सुनकोशी गाउँपालिका शिक्षा शाखा प्रा.स. बलराम कोइरालाले पालिकागत धारणा ब्यक्त गर्नुभएको थियो ।
विद्यालय सुधार तथा गुणस्तरिय सिकाइको लागी गैरसरकारी संस्थाको महत्वपुर्ण भुमिका रहेको र विद्यालय सुधार योजना सबै विद्यालयको एैना रहेकोले तालीममा सिकेको बुदाहरुको आधारमा योजना बनाई पालिकामा बुझाउनु पर्ने धारणा बक्ताहरुले ब्यक्त गरेका छन ।