पशुसेवा बिज्ञ केन्द्रको बार्षिक कार्यक्रम सार्बजनिकरण सम्पन्न

सिन्शुली । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीको आ.ब. २०७६/०७७ को बार्षिक प्रगति प्रतिवेदन तथा आ.ब. २०७७/०७८ मा संचालन हुने कार्यक्रमहरूको सार्वजनिकरण शुक्रवार सम्पन्न भएको छ ।

डा. गौरीमान श्रेष्ठको प्रस्तुतीकरणमा बागमती प्रदेश सभाषद राजन दाहाल र प्रदिप कटुवाल, मन्थली नगरपालिकाका नगरप्रमुख, प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रतिनिधि लगायतको सहभागितामा सार्बजनिकरण सिन्धुलिमाढिमा सम्पन्न भएको हो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीले सिन्धुली जिल्लाका विभिन्न स्थानिय निकायमा पशुपन्क्षी गोठखोर सुधार, व्यावसायिक बाख्रापालन खोर निर्माण, व्यावसायिक गाइभैसी गोठ निर्माण, मत्स्यपालन क्षेत्र बिस्तार, पशुपन्क्षी नमुना फार्म बिकास तथा बिस्तार कार्यक्रम संचालन गरेको छ ।

त्यस्तै, रामेछापका विभिन्न स्थानिय निकायमा व्यवसायिक गाइभैंसीपालन गोठ निर्माण, व्यवसायिक बाख्रापालन खोर निर्माण, पशुपन्छी नमुना फार्म बिकास तथा बिस्तार, नमुना बंगुर बिकास तथा बिस्तार, पशुपन्क्षी गोठखोर सुधार, नमुना चौरी प्रबर्द्धन कार्यक्रम लगायतका कार्यक्रमहरु केन्द्रले संचालन गरिरहेको छ ।

सिन्धुली र रामेछापमा बिज्ञ केन्द्रले आ.व २०७६/०७७ मा १,६१६
वटा पशुबिमा गरेको छ । बीमाङ्क रकम रू. २,४६,७१,६०० को पशुबिमा गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीका अधिकृत डा. गौरीमान श्रेष्ठले बताए ।

संचालित कार्यक्रममा १०४८१ को संख्यामा जातिय तथा लैङ्गिक सहभागिता रहेको छ । सार्वजनिकरण कार्यक्रममा बोल्दै बागमती प्रदेशसभा सदस्य राजन दाहालले बिज्ञ केन्द्रले गर्ने कामको अझै क्षेत्र बिकास गर्नुपर्नेमा जोड दिए ।

पशु तथा कृषि क्षेत्रमा किशानको प्रत्यक्ष सहभागिता रहने हुँदा कृषकको चाहाना बमोजिम कार्य गर्न केन्द्रलाई सुझाब समेत दिए । प्रतिपक्ष दल नेपाली काङ्ग्रेस सिन्धुलिका सचिब कृष्णप्रसाद दाहालले भने सार्वजनिकरण कार्यक्रममा आफ्नो पार्टिको सुझावलाई बेवास्ता गरेको आरोप लगाए ।

सुझाब तथा अन्तरक्रियाको लागि पार्टिलाइ पत्रचार गरेर पार्टिको सहभागितालाइ बेवास्ता गर्दै कार्यक्रम सम्पन्न गरेको भन्दै कार्यक्रमप्रती असन्तुष्टि पोखे ।

यता बिज्ञ केन्द्रका प्रमुख डा. गौरीमान श्रेष्ठले भने काङ्ग्रेसलाई बेवास्ता नगरिएको बताएका छन । कार्यक्रमलाई छोटो बनाउने उदेश्यले सार्वजनिकरण कार्यक्रममा फ्लोर खुल्ला गरिएको त्यस्मा सहभागी सबैले आफ्नो सुझाब र प्रतिक्रिया दिएको र प्रदेश सभाषदलाइ समय दिएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार २१:०८

प्रतिक्रिया दिनुहोस्