आगलागी पिडितलाई कमलामाईद्वारा राहत सामाग्री सहयोग

सिन्धुली – कमलामाई नगरपालिका -८ करकरेमा भएको आगलागी पीडितलाइ कमलामाई नगरपालिकाले राहत उपलब्ध गराएको छ । नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले तत्कालका लागी आगलागी पीडितलाई राहत सामाग्री प्रदान गर्नुभएको हो ।

गएकोको चैत्र २८ गते स्थानिय हङ्सदेब आलेको घरमा राती करिब १०:३० बजेको समयमा आगलागी भएको थियो । आगलागीका कारण बस्दै आएको घरगोठ जलेर पुर्णरुपमा नष्ट भएको थियो ।

आगलागीका कारण करिब ४० लाख बराबरको धनमाल जलेर नष्ट भएको वडाध्यक्ष कमलबहादुर श्रेष्ठले बताउनुभयो । आगलागी पिडितलाइ खाने बस्नेको समस्या भएपछी वडाकार्यालय मार्फत आबस्यक सर-सहयोग जुटाइरहेको र आगलागी पिडितलाइ बस्ने बासको लागी संरचना निर्माण कार्य अघि बढाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलका अनुुसार वडा कार्यालय मार्फत तत्कालका लागी आगलागी पिडितलाइ नगद २५ हजार सहित आबस्यक खाद्यान्न सामाग्री चामल, चिनी, आटा पिठो, त्रिपाल, खाने तेल, साबुन, जस्तापाता लगायतका सामग्री सहयोग गरिएको बताउनुभयो ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार ०९:०७

प्रतिक्रिया दिनुहोस्