आगो निभाउने क्रममा सिन्धुलीमा एक वृद्धाको मृत्यु

सिन्धुली – आगो निभाउने क्रममा जलेर सिन्धुलीको खारखोलामा आज एक बृद्घाको घटनास्थलमै मृत्यु भएको छ । कमलामाइ नगरपालिका -१ खारखोला निवासी ८६ बर्षिया कृष्णमाया पौडेलको बिहान करिब ११:३० को समयमा आगलागीमा जलेर मृत्यु भएको उक्त वडाका वडाध्यक्ष नरेश कुमार गोलेले अंकपत्रलाई जानकारी दिए ।

घरबाट करिब ५० मिटर पर रहेको आफ्नै पाखोबारिमा सुकेका झारपात, पतिंगर जलाउनको लागी बृद्धा पौडेलले आफैले आगो सल्काएकी थिइन ।

आगो अन्यत्र जाने त्रासले बृद्धा आफै आगो निभाउन जादा बारिको डिलबाट चिप्लिएर आगो लागेको स्थलमा उनि खसेको अध्यक्ष गोलेले बताए ।

कृष्णमाया पौडेल हराएको केही समयपछी खोज्ने क्रममा शरिर, हात खुट्टा जलेको अबस्थामा फेला परेकी थिइन । कृष्णमाया एकल महिला हुन उनको दुई छोरा बिष्णु पौडेल र सन्तोष पौडेल छन । एक छोरा सन्तोष पौडेल भने नेपाली सेनामा कार्यरत छन ।

घटनास्थलमा अहिले प्रहरी पुगेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार ०६:४६

प्रतिक्रिया दिनुहोस्