राष्ट्रिय शिक्षक संगठन हरिहरपुरगढीको तेस्रो गाउँ अधिबेशन सम्पन्न

सिन्धुली – नेपाल राष्ट्रिय शिक्षक संगठन हरिहरपुरगढीको तेस्रो गाउँ अधिबेशन शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

अध्यक्ष अम्बिका राईको अध्यक्षता तथा राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश समितीका सचिव रुद्रबहादुर खड्काको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीका सचिब रमेश कार्कीले जानकारी दिए ।

सम्पन्न तेस्रो अधिबेशनले सुर्यबहादुर राईको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । शैक्षिक र पेशागत आन्दोलनको इतिहासमा महत्वपूर्ण भूमिका खेलेको नेपाल राष्ट्रिय शिक्षक संगठनको आफ्नै अत्यन्त गर्बिलो र दर्विलो इतिहास रहेको राष्ट्रिय शिक्षक संगठन सिन्धुलीका सचिब रमेश कार्कीले बताए ।

तेस्रो अधिबेशनको क्रममा शुभकामना ब्यक्त गर्दै कार्कीले व्यवस्था परिवर्तनको लागि भएको विभिन्न राजनीतिक आन्दोलन तथा राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका रहेको स्मरण गरे ।

साथै उनले सामाजिक, पेशागत स्थायित्व एवम् शैक्षिक मुद्धाहरुलाई स्थापित गर्न गरिएका आन्दोलनहरु र समाज रुपान्तरणका हरेक आन्दोलनहरुमा नेपाल राष्ट्रिय शिक्षक संगठनको सधै अग्रणी भूमिका रहदै आएकोले संगठनप्रती प्रतिबद्ध भएर लाग्न आबद्ध सम्पुर्णलाई अनुरोध गरे ।

कार्यक्रमका प्रमुख अतिथी खड्काले अग्रजहरुको सम्मान, नेतृत्व विकास र हस्तान्तरणलाई आत्मसाथ गर्दै समय सापेक्ष् गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक प्रविधियुक्त सीप सहित विद्यालयमा नमुना शिक्षक बन्ने अभिभारा पुरागर्न नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध शिक्षकहरुलाई अनुरोध समेत ब्यक्त गरे ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार ०५:४२

प्रतिक्रिया दिनुहोस्