स्ल्यास परियोजनाको समिक्षा तथा समन्वय भेला सम्पन्न

सिन्धुली – प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा मानव तथा राष्ट्रिय विकास समाज, सिन्धुली (हेण्ड्स नेपाल, सिन्धुली) बाट कमलामाई नगरपालिकामा संचालित स्ल्यास परियोजना अन्तर्गत कमलामाई नगरपालिका वडा नं ९ भीमानमा समिक्षा तथा समन्वय भेला सम्पन्न भएको छ ।

उक्त परियोजना अन्तर्गत विगतमा भए गरेका कार्यको समिक्षामा वडा न. ९ का स्थानिय तहका शिक्षा तथा स्वास्थ्य इकाइका सम्वन्धित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

परियोजना अन्तर्गत चयन भएका उक्त वडाका पाँच जना युवा स्वयंसेवकहरुले पालैपालो कार्यक्रममा प्रस्तुती राखेका थिए । कार्यक्रममा धारणा राख्ने क्रममा शिक्षक दिनेश कोइरालाले चुनिएर गएका युवा स्वयंसेवकमा वोल्ने वानीको विकास भएकोमा परियोजना लाई धन्यवाद दिए ।

हेण्डस नेपाल सिन्धुलीका सदस्य कुमार पौडेलले आवश्यकताका आधारमा यो परियोजना विकास गरिएको वारे जोड दिए । परियोजना वारे प्लान ईन्टरनेशनल नेपालका अस्मीता थापाले पाइलटिङ परियोजनाको भावी कार्यदिशा वारे प्रकास पारिन ।

कार्यक्रममा वोल्दै वडाध्यक्ष विनोद प्रधानले प्राथमिकतामा परेका तथा योजना गरिएका सवालहरु जस्तै एम्वुलेन्स सेवा, वडा स्तरिय स्वास्थ्य शिविर जस्ता विषयमा आफु थप जिम्मेवार भएर लाग्ने बताए ।

कार्यक्रममा हेण्डस नेपाल सिन्धुलीका अध्यक्ष वासुदेव अधिकारी, स्थानिय समाजसेवी माधव वराल, स्वास्थ्य कार्यालयका दिपक कुमार खडका, लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार ०८:५४

प्रतिक्रिया दिनुहोस्