‘दिया बचाउ अभियान’ चलाएका उत्सबले बुझाए सहयोग रकम

सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका–६, स्थित धुराबजारकी ब्लड क्यान्सर रोगबाट पीडित “दिया बिक बचाउ अभियान” संचालन गरेका अभियन्ता उत्सब पोखरेलले सोमबार संकलित रकम बिरामीको आफन्तलाई बुझाएका छन ।

करिब तीन हप्ता अघि देखी समाजिक संजाल मार्फत अभियान चलाएका उत्सब पोखरेलले सोमबार बिरामिको आफन्तलाई अस्पातालमा भेटेर सहयोग रकम बुझाएका हुन । सहयोगी दाताबाट संकलित कुल रकम एक लाख ७० हजार ८३५ रकम बिरामीको आफन्तलाई बुझाइएको अभियन्ता पोखरेलले अंकपत्रलाई जानकारी दिए ।

शिद्धस्थली आवासिय बिधालय माढिबजारबाट यसै बर्ष (एसइइ) परिक्षा दिएकी १६ बर्षिय दिया बिक ब्लड क्यान्सर जस्तो प्राणघातक रोगबाट ग्रसित भइ हाल त्रीबी शिक्षण अस्पताल काठमाडौमा उपचारार्थ छिन ।

पारिवारिक अबस्था अत्यन्त कमजोर रहेको दियाको उपचारमा केही सहयोग पुगोस भन्ने उदेश्यले संगै (एसइइ) दिएका उत्सव पोखरेलले केही हप्ता अगाडी दिया बिक बचाउ अभियान शुरु गरेका थिए ।

उनले संचालन गरेको उक्त अभियानमा अनलाइन र पत्यक्ष रुपमा सहयोग गरेको रकम बिरामीको परिवार लाई बुझाइएको जानकारी दिए ।

उनले भने, ‘हामी क्लासमेट हौं, आफ्नै साथी ब्लड क्यान्सर जस्तो रोगबाट अस्पतालको बेडमा छट्पटाइ रहेको अबस्थामा एउटा साथिको नाताले केही सहयोग होस भन्ने उदेश्यले यो अभियान चलाएको थिए । यस अभियानमा धेरै सहयोगी ब्यक्तीले सहयोग गर्नुभएको छ । सहयोगी सम्पुर्णप्रती आभार ब्यक्त गर्दछु ।’

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार १२:२९

प्रतिक्रिया दिनुहोस्