सिन्धुली प्रहरी प्रमुख गोबिन्दराज काफ्ले सहित उत्कृष्ट १५ सम्मानित

सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले सहित प्रहरी प्रमुखलाई सम्मान गरिएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले मातहत कार्यालयका कर्मचारीको कार्य मुल्याकंन गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले सहितलाई सम्मान गरेको हो ।

सुम्पिएको जिम्मेवारीलाई उच्च प्राथमिकता दिई इमान्दारिताका साथ व्यवसायीक एवं कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक कार्य सम्पादन गरेकाले प्रहरी उपरीक्षकद्वय सिन्धुली प्रहरी प्रमुख काफ्ले र नुवाकोटका प्रमुख शान्तिराज कोइरालालाई सम्मान गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख डिआईजी बिष्णुकुमार केसीले जानकारी दिए ।

बागमती प्रदेश अन्तर्गत दुई प्रहरी प्रमुख सहित १५ उत्कृष्ट कर्मचारीलाई नगदसहित डिआईजी केसीले सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदिप कुमार सिंह, प्राविधिक डिएसपी सत्य नारायण जयसवाल, प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपक सुवेदी, रविन्द्र कुमार श्रेष्ठ, दिनेश प्रसाद खरेल लगायत रहेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आईतवार १९:२२

प्रतिक्रिया दिनुहोस्