लुकिछिपी फोहोर फाल्ने ट्रकसहित नगरप्रहरिको नियन्त्रणमा

सिन्धुली – कमलामाइ नगरपालिकाले लुकिछिपी जथाभावी फोहोर फाल्नेमाथि कारबाही सुरु गरेको छ । सोही अनुरुप सार्वजनिक स्थलमा लुकिछिपी फोहोर फाल्दै गरेको एक ट्रकलाई सोमबार नियन्त्रणमा लिइएको नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले बताउनुभयो ।

कमलामाइ नगरपालिका – ११ फिटिङ्ग पुल नजिकैको घुम्तीमा लुकिछिपी फोहोर फाल्दै गरेको ना ५ ख २९१ नम्बरको ट्रकलाई नगरप्रमुख पोखरेल सहितको टोलिले ट्रक र फोहोर उत्सर्जन गर्ने कवाडलाई नियन्त्रणमा लिइएको पोखरेलले बताउनुभयो ।

कमलामाइ नगरपालिका – ६ धुराबजार स्थित भगिरथ बैठाले संचालन गरेको कवाड ब्यबसायबाट निस्किएको करिब ७ टन बराबरको बिद्युतिय फोहोरलाई बिपि राजमार्ग सडक छेउबाट खोलामा पुग्नेगरि फाल्दै गर्दाको अबस्थामा ट्रक नियन्त्रणमा लिइएको थियो ।

बिद्युतिय फोहोरहरु लुकिछिपी जथाभाबी फाल्ने ट्रक र कामदारलाई नियन्त्रणमा लिइ नगरप्रहरिको जिम्मा लगाइएको कमलामाइ नगरपालिका बाताबरण शाखाका प्रमुख सागर कुमार ढकालले बताउनुभयो । नियन्त्रणमा लिइएकालाई फोहोर ब्यबस्थापन ऐन २०६८ अनुसार रु ३० हजार देखि ५० हजारसम्म कारबाही हुन सक्ने शाखा प्रमुख ढकालले बताउनुभयो ।

जोखिमपुर्ण फोहोरहरु जथाभाबी फाल्नेहरुलाई नगरपालिकाले निगरानी गरिरहेको बताउनुहुदै नगरप्रमुख पोखरेलले यस्तो अपराधजन्य गतिबिधी गर्नेलाई नियन्त्रणमा लिइ आबस्यकिय कारबाही गरिने बताउनुभयो । नगरपालिकाले आम सर्वसाधारणलाई लुकिछिपी सार्वजनिक स्थलमा जथाभावी फोहोर नफाल्न अनुरोध समेत गरेको छ । 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार १३:०३

प्रतिक्रिया दिनुहोस्